Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

एसपीपी पत्र म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ, टिपेक्स लगाएर सार्वजनिक गरेः ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीप) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले उनले आफू प्रधानमन्त्री नहुँदै नेपाली सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको दावी गरेका हुन् ।

ओलीले आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गरे । उनले भने, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’‘म प्रधानमन्त्री नहुँदै अमेरिकी एम्बेसीमा पठाएको हो, अमेरिकी एम्बेसीले पनि सत्य बोलोस् नभए चलानी नम्बर किन हातले लेखेको ?’ उनले प्रश्न गरे ।

ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको टिप्पणीसमेत गरे । उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन । जनताको दबाबपछि उहाँहरु पास गर्दैनौं भन्न बाध्य हुनुभयो ।’ राष्ट्रियताको सवाललाई मान्छेले निकै सस्तो बनाएको टिप्पणीसमेत उनले गरे । प्रचण्डको नाम नलिए पनि उनीतिरै लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर एक जनाले पटक पटक भनिरहेका छन्, अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् । योभन्दा बढ्ता ढाँट कुरा, योभन्दा बढ्ता फट्याइँ के हुन्छ ?’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रसुवा भन्सार प्रकरणमा १३ कर्मचारी निलम्बित, विभागीय कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...

रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्याे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...

रास्वपाको महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने

काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...

रास्वपाको महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् नि:शुल्क

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending