Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकबाट १७ बुँदे प्रस्ताव पारित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको छ। 

सोमबार र मंगलबार सञ्चालित बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, पाँचदलीय वाम तथा लोकतान्त्रिक गठबन्धनको आवश्यकता, संगठन निर्माणमा विशेष कार्ययोजना र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी योजना पारित गरेको हो। 

अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय परिषद्का सदस्यलाई ११ समूहमा विभाजन गरिएको थियो।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई सशक्तरूपमा अगाडि बढाउने, पाँचदलीय गठबन्धन निरन्तर अगाडि बढाउन प्रयत्न गर्ने, महँगी नियन्त्रण र किसानलाई मल तथा बीउबिजन मिलाउन सरकारलाई आग्रह गर्ने प्रस्ताव बैठकले पारित गरेको जानकारी दिए।

मुलुकका विभिन्न स्थानमा भइरहेको यौनहिंसा नियन्त्रण गरी पीडितलाई सामाजिक जीवनको प्रत्याभूति गर्न माग गरिएको प्रस्तावमा प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि सरकारलाई पहलकदमी लिन तथा पार्टी आबद्ध जनवर्गीय संगठनलाई पनि आग्रह गरिएको छ। जातीय विभेदको अन्त्य गर्न र त्यसका विरुद्ध क्रियाशील रहन सबैलाई आग्रह गरिएको छ। 

भारतले विभिन्न स्थानमा बाँध बाँधेका कारण तराईको भू–भाग डुबानमा पर्ने गरेकाले भारतसँग वार्ता गरी त्यसको समाधान गर्न सरकारलाई आग्रह गरिएको छ। राज्यका सबै संयन्त्रमा भ्रष्टाचारको छानबिन, देशमा भएका भूमिहीनको पहिचान गरी सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, काठमाडौं उपत्यकालगायत अन्य स्थानमा फैलिएको झाडापखाला नियन्त्रण गरी बिरामीको उचित व्यवस्थापन गर्न पनि भनिएको छ।

युक्रेनमाथि भएको आक्रमणले विश्वमा भइरहेको अशान्तिका साथै देखापरिरहेको खाद्य संकटले समस्या समाधानका लागि वार्ताको वातावरण मिलाउन विश्व समुदायलाई आग्रह गरिएको छ।

मुलुकको राष्ट्रिय हितमा हुने गरी पञ्चशीलका आधारमा परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको प्रस्तावमा कुनै पनि मुलुकको सैन्य गठबन्धनमा नेपाल सामेल हुन नहुने र हालै एसपीपीमा नेपाल सहभागी नहुन सरकारले गरेको निर्णयप्रति बैठकले धन्यवाद व्यक्त गरेको छ। 

 बैठकले दुई महिनाभित्रमा संगठन सुदृढीकरणमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending