काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स्थानीय तहमध्ये १५० मा हाकिम छन् । करिब २० प्रतिशत पालिकामा प्रशासनिक नेतृत्व नहुँदा दैनिक सेवा, योजना कार्यान्वयन, भुक्तानी प्रक्रिया र न्यायिक समितिका काम प्रत्यक्ष प्रभावित भएका छन् ।
धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले मङ्सिर २२ गते मन्त्रालयलाई लेखेको व्यंग्यमिश्रित पत्रले यो समस्यालाई झनै सतहमा ल्यायो । बारम्बार हुने सरुवा र प्रमुख प्रशासकीय अधिकृत नटिक्ने अवस्थाप्रति आक्रोश व्यक्त गर्दै उनले “दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि फरक नपर्ने” टिप्पणी गरेका थिए । उक्त पत्र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रिक्तता सबैभन्दा बढी मधेस र सुदूरपश्चिममा देखिएको छ । मधेस प्रदेश : १३६ मध्य ५१, सुदूरपश्चिम : ८८ मध्य ३२ तह रिक्त, कर्णाली : ७९ मध्य २४ तह, कोशी : १३७ मध्य २३ तहमा अभाव छ ।
सुगम जिल्लामा तुलनात्मक रूपमा स्थिति सुधार भए पनि मधेस र सुदूरपश्चिम कर्मचारीको प्राथमिकतामा नपरेको स्थानीय तहहरूको आरोप छ । गण्डकी प्रदेश : ८५ मध्य ८२ तहमा प्रमुख प्रशासकीय अधिकृत छन् । बागमतीमा ११९ मध्य ११२ मा पदपूर्ति, लुम्बिनीमा १०९ मध्य ९९ तहमा अधिकारी पुगेका छन् ।
मन्त्रालयकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मन्त्रालयले कर्मचारी नखटाएको होइन, खटाइएका धेरैजना तोकिएको स्थानमा नपुगेको वा स्थानीय तहले हाजिर नगराएको समस्या बढेको छ । उनका अनुसार, प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम रोक्न नपरोस् भनेर धेरै पालिकामा ‘निमित्त’ राख्नुपर्ने बाध्यता परेको छ ।
स्थानीय तहका प्रतिनिधिहरू भने संघीय सरकारमाथि नै आरोप लगाइरहेका छन् । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उपसचिव तहका कर्मचारी माग्दा पनि मन्त्रालयले जुनियर अधिकृत पठाएर स्थानीय तहलाई ‘पंगु’ बनाउने काम भइरहेको टिप्पणी गरिन् । नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले लेखा अधिकृतको समेत चरम अभावले सुशासन नै प्रभावित भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत अभावका कारण पालिकामा दैनिक प्रशासनिक काम, योजना सम्झौता, भुक्तानी र निगरानी सबै क्षेत्रमा अवरोध देखिएको स्थानीय सरकारहरूको भनाइ छ । संघीयताका आधारस्तरमै नेतृत्व रिक्त रहँदा जनसेवा र विकास कार्यहरू प्रभावित बन्दै गएपछि समस्या समाधानमा संघीय सरकारको जिम्मेवारी पुनः प्रश्नचिन्हमा परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: