Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

हाम्रै देशको मौलिक ढङ्गबाट समाजवादमा पुग्नेछौँः ऊर्जामन्त्री भुसाल

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकि छन् । आज ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उनले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकाङ्क्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन्। 

“कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पु¥याउँछ”, उनले भनिन्, “सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिष्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ ।” देशको मौलिकता र विशिष्टतामा समाजवादी आन्दोलनलाई अगाडि बढाउन दलहरु सफल भएको स्मरण गर्दै मन्त्री भुसालले  वामपन्थी कम्युनिष्ट मात्र होइन लोकतान्त्रिक शक्तिलाई पनि साथ र सहयोगमा लिएर सङ्घीय लोकतन्त्रिक गणतन्त्रसम्म आइपुगिएको बताइन्। 

“हामीले अबको यात्रा समाजवादको भनेका छौँ, त्यो कुनै देशको यान्त्रिक नक्कल हुने छैन, त्यो रुस, चीन, क्युवा र उत्तर कोरिया जस्तो हुने छैन । हाम्रै देशको मौलिक ढङ्गबाट समाजवादमा पुग्नेछौँ”, उनले भनिन् । आर्थिक र सामाजिक विकास, सामाजिक न्यायमा आधारित वितरण प्रणाली र समाजवादको आधार तयार पारेर देशलाई समाजवादमा लैजाने लक्ष्य लिइएको उनको भनाइ छ । सत्तामा रहे वा सत्ता बाहिर रहे पनि नेपाली समाजलाई समाजवादी बाटोमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले वामपन्थी कम्युनिष्ट एउटै पार्टीमा हुनुपर्र्छ भनी जनताको अभिमत पनि सोही ढङ्गले प्रकट भएको बताइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending