काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकि छन् । आज ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उनले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकाङ्क्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन्।
“कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पु¥याउँछ”, उनले भनिन्, “सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिष्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ ।” देशको मौलिकता र विशिष्टतामा समाजवादी आन्दोलनलाई अगाडि बढाउन दलहरु सफल भएको स्मरण गर्दै मन्त्री भुसालले वामपन्थी कम्युनिष्ट मात्र होइन लोकतान्त्रिक शक्तिलाई पनि साथ र सहयोगमा लिएर सङ्घीय लोकतन्त्रिक गणतन्त्रसम्म आइपुगिएको बताइन्।
“हामीले अबको यात्रा समाजवादको भनेका छौँ, त्यो कुनै देशको यान्त्रिक नक्कल हुने छैन, त्यो रुस, चीन, क्युवा र उत्तर कोरिया जस्तो हुने छैन । हाम्रै देशको मौलिक ढङ्गबाट समाजवादमा पुग्नेछौँ”, उनले भनिन् । आर्थिक र सामाजिक विकास, सामाजिक न्यायमा आधारित वितरण प्रणाली र समाजवादको आधार तयार पारेर देशलाई समाजवादमा लैजाने लक्ष्य लिइएको उनको भनाइ छ । सत्तामा रहे वा सत्ता बाहिर रहे पनि नेपाली समाजलाई समाजवादी बाटोमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले वामपन्थी कम्युनिष्ट एउटै पार्टीमा हुनुपर्र्छ भनी जनताको अभिमत पनि सोही ढङ्गले प्रकट भएको बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: