दाङ । दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही १५ का करिब ३५ वर्षीय गंगा बहादुर कुँवर र घोराही ७ का १६ वर्षीय रितेश केसी रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार बिहीबार राति करिब पौने ९ बजेतिर घोराही उपमहानगरपालिका ७ बेसाइस्थित सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक कुँवर र मोटरसाइकलमा पछाडि सवार घोराही ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी, साइकलयात्री सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी घाइते भएका थिए।
घाइतेहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको र कुँवर र केसीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०७९ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई शेखर कोइराला समूहले छुट्टै बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरे...
भाद्र १ गते, २०७९ - ०९:२२
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका...
भाद्र १ गते, २०७९ - ०९:१५
कञ्चनपुर । कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । ...
भाद्र १ गते, २०७९ - ०९:०५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने भएको छ । यसअघि मंसिर ११, १२ र १३ गते हुने तय भएको महाधिवे...
भाद्र १ गते, २०७९ - ०९:००
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसोको लागि सरेको छ । विहान ८ बजे निर्धारित बैठक अपरान्ह १ बजेका लागि सरेको हो ।नेताहरु आन्त...
भाद्र १ गते, २०७९ - ०८:५४
'प्रदेश सरकारलाई राज्यकोषको दोहन गरेर नेता व्यवस्थापनको थलो बनाइयो'
भाद्र १ गते, २०७९ - ०८:४६
काठमाडौं । एक चिनियाँ पानीजहाज भारतीय चासोबीच श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ। बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काल...
भाद्र १ गते, २०७९ - ०८:३४
सडकको दुरावस्था, अस्पतालको अभाव र विद्यालयहरू छैन सञ्चालनमा
भाद्र १ गते, २०७९ - ०८:२५
काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जना...
भाद्र १ गते, २०७९ - ०८:१७
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज...
प्रतिकृया लेख्नुहोस्: