काठमाडौं । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा राष्ट्रसेवक (निजामती)कर्मचारीमा रहेको प्रतिभा उजागर गरी सार्वजनिक क्षेत्रको कार्यशैलीलाई नवप्रवर्तनात्मक सोचबाट सञ्चालन गर्ने अवधारणागत प्रतियोगिताको प्रथम चरणमा १० कर्मचारी छानिएका छन् ।
नवीन सोच (इनोभेटिभ आइडिया) प्रस्फुटन गराउने उद्देश्यले सोच माग भई प्रथम चरणको छनोटमा विभिन्न तहका कर्मचारी अरुण जिसी, नवराज पराजुली, नसिब आचार्य, प्रमोद नेपाल, विजयकुमार रम्तेल, विजेता सुवेदी, विश्वमङ्गल शर्मा, मानबहादुर खड्का, रामप्रसाद अवस्थी र ज्ञानीकुमारी थापा परेका छन् । प्रतियोगितामा विभिन्न ३४ वटा सोचबीच प्रतिस्पर्धा भएको थियो ।
छनोटमा परेका १० जनाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कृत गरिने मन्त्रालयको कर्मचारी कल्याण शाखाका अधिकृत सन्तोकुमार खत्रीले जानकारी दिए।
छनोट कार्यक्रमको अन्तिम चरण र पुरस्कार वितरण यही असार २१ गते काठमाडौँमा सार्वजनिक समारोहबाट हुने मन्त्रालयले जनाएको छ । पुरस्कृत हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५०, ४० र ३० हजार दिइनेछ । कर्मचारीमा नवीनतम्, सिर्जनशील र उद्यमशील मानसिकताको विकास गर्न तथा आफूमा अन्तरनीहित प्रतिभाको उजागर गर्ने उत्तम अवसर प्रदान गर्ने गरी प्रतिभा डबलीको स्थापना गर्न मन्त्रालयले कार्यविधिसमेत जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०७९ - २०:१२
कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष म...
श्रावण ३१ गते, २०७९ - २०:०१
कास्की । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताएकि छन् । गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत ...
श्रावण ३१ गते, २०७९ - १९:५२
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् । मन्त्रालयद्वारा आज ...
श्रावण ३१ गते, २०७९ - १९:३३
तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग ...
श्रावण ३१ गते, २०७९ - १९:१८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्ध...
श्रावण ३१ गते, २०७९ - १८:२८
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएको जनाएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने ...
श्रावण ३१ गते, २०७९ - १८:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष...
श्रावण ३१ गते, २०७९ - १७:५१
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै ...
श्रावण ३१ गते, २०७९ - १७:४०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने ...
श्रावण ३१ गते, २०७९ - १७:२८
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रको के...
प्रतिकृया लेख्नुहोस्: