Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

विराटनगर महानगरको बजेट पारित

खबरडबली संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो ।  

महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो ।

बैठकमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आवको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरिएको छ । 

त्यसैगरी बैठकले केही महत्वपूर्ण नीतिगत निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए। 

सोही बैठकले उपप्रमुख कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपप्रमुख हुने संवैधानिक व्यवस्था छ । 

न्यायिक समितिको सदस्यमा वडा नं ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नं ९ का सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नं वडाका सदस्य मेनुका परियार र ९ नं वडाका सदस्य रियाज अहमदलाई सर्वसम्मतिले चयन गरेको बस्नेतले जानकारी दिए। 

सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले सबै वडाको समग्र विकासका लागि महानगरको आम्दानीको स्रोत वृद्धिका लागि राजस्व सङ्कलनको  दायरा बढाइ  रु एक  अर्ब पु¥याउनुपर्नेमा जोड दिए। 

उनले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाइ, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायसित छलफल भइरहेको जानकारी दिए। 

उपप्रमुख कार्कीले महानगरको आर्थिक अवस्था बलियो बनाउनुपर्ने अवश्यकता औँल्याइन्। 

बैठकमा वडा नं ४ का वडाध्यक्ष जितन थापा, वडा नं ७ का वडाध्यक्ष जितेन्द्र अग्रवाल,वडा नं १ का सदस्य लक्ष्मीदेवी राई, वडा नं ५ का वडा सदस्य अन्जु दाहाल, वडा नं ११ का सदस्य बलराम कारञ्जित लगायतले सडकबत्ती, सरसफाइ, डुबान समस्या, जनप्रतिनिधिका सेवासुविधालगायतका विषयमा धारणा राखेका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE