Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

किन आए चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली नेताहरूसँगको कुराकानीमा 'पलिटिकल पार्टीज् प्लस' सहकार्यबारे चर्चा गर्दै आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ राजनीतिक भेटवार्ताका लागि काठमाण्ठू आइपुगेका छन्।

चार दिने नेपाल भ्रमणमा आएका लिउ गत महिना मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख भएका हुन्।

यो विभागले चीनमा अन्तर-देशीय पार्टी कूटनीति हेर्दै आएको छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको निमन्त्रणामा आएका भनिएका लिउलाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेस र एमाले नेताहरू पुगेका थिए।

चीनमा भ्रष्ट्राचार विरोधी नेताको छवि बनाएका लिउ चीनका मन्त्रीस्तरका नेता हुन्। उनले आइतवारै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्री नारायण खड्कासँगको भेटपछि लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपालका मुख्य राजनीतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने योजना बनाएका छन्।

उनले सोमवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरूसँग भेट गर्ने तय भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मङ्गलवार लिउले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको एमाले नेता राजन भट्टराईले जानकारी दिए।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने योजना बनाएका छन्। तर राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भेटवार्ताको मिति र समय तय नभएको बताए।

लिउ नेपाल आउनुअघि पनि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले र माओवादी नेताहरूसँग भर्चुअल संवाद गरेका थिए।

"पलिटिकल पार्टीज प्लस" सहकार्य

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, विभिन्न देशमा राजदूत र चिनियाँ भ्रष्टाचार निवारण सम्बन्धी निकायको प्रमुख रहिरहेका लिउले यसअघि नेपालका नेताहरूसँगको भेटमा राजनीतिक दलहरू सहितको सहकार्यबारे कुरा गरेका बताइन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले आफ्नो वेबसाइटमा राखेको विवरण अनुसार जेठ १६ गते परराष्ट्रमन्त्री खड्कासँगको भेटमा लिउले "पलिटिकल पार्टीज प्लस" सहकार्यको कुरा गरेका थिए।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उप कार्यकारी निर्देशक रूपक सापकोटाका अनुसार चीनले प्रमुख राजनीतिक दलहरूसँगको सम्बन्धलाई "पलिटिकल पार्टीज प्लस" सहकार्यको नयाँ नाम मात्र दिएको हो।

"माओका पालामा समान विचारधारा राख्ने कम्युनिस्टहरूसँग मात्रै सम्बन्ध राख्ने चलन थियो। देङ सियाओ पिङका पालाबाट चीनले कम्युनिस्ट इतरका पार्टीहरूसँग पनि सम्बन्ध राख्न सुरु गर्‍यो," उनी भन्छन्।

"नेपालमा पनि बीपी कोइरालासँग चीनको राम्रो सम्बन्ध थियो।"

चीन मामिलाका जानकार रूपक सापकोटाका अनुसार चीनले पछिल्लो समय सरकारी स्तरमा मात्रै नभई राजनीतिक दलहरूसँगको सम्बन्धलाई पनि प्राथमिकता दिँदै आएको छ।

"कूटनीतिकै एक अङ्ग भए पनि चीनले जुनसुकै पार्टीसँग पनि भाइचारा सम्बन्ध राख्नुपर्छ भन्ने कुरालाई मुखर बनाउन खोजेको देखिन्छ," उनले भने।

यसअघि नेताहरूसँगको कुराकानीमा लिउले चिनियाँ कम्युनिस्ट पार्टीले अनुभव आदान प्रदान र शासन प्रशासनबारे साझा सिकाइका साथै दुवै पक्षबीच अन्तर घुलन बढाउनेमा जोड दिएका थिए।

त्यसअघि जेठ ९ गते एमाले अध्यक्ष केपी ओली सहितका नेताहरू र माओवादी अध्यक्ष प्रचण्ड सँगको भेटमा पनि लिउले दलहरूबीच सहकार्यको कुरा राखेका थिए।

यसअघि एमाले र माओवादी एकीकरणपछि बनेको नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्ने समझदारी भएको थियो।

यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन पनि हुँदैछ।

भ्रमणको उद्देश्य के हो ?

लिउ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश सम्बन्ध प्रमुख भइसकेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्।

चिनियाँ चासोबीच नेपालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गरेको पृष्ठभूमिमा उनको भ्रमण हुन लागेको हो। नेपालले अमेरिकासँगको सैन्य साझेदारी कार्यक्रम एसपीपी अघि नबढाउने निर्णय गरेपछि चीनले स्वागत गरेको थियो।

लिउलाई स्वागत गर्न विमानस्थल पुगेका प्रधानमन्त्री निकट विदेश मामिला जानकार दिनेश भट्टराईले लिउको भ्रमण सरकारी चासोका विषयमा कम तर राजनीतिक सम्बन्ध विस्तारमा बढी केन्द्रित हुने आफूले ठानेको बताए।

"पार्टीसँगको सम्बन्धलाई अघि बढाउन, सुदृढ गर्न र पार्टीका विचारहरू बुझ्न आउनुभएको हो भन्ने मेरो बुझाइ छ," उनले भने।

"प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग पनि भेट हुने भएपछि आपसी हितका र चासोका कुराहरू पनि होलान् भन्ने मेरो अनुमान हो।"

चिनियाँ प्राथमिकता

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राजनीतिक दलको आमन्त्रणमा भएको भ्रमणका एजेन्डाबारे मन्त्रालयलाई जानकारी नभएको बताइन्।

चीनले एक चीन नीति प्रति नेपालको प्रतिबद्धता, नेपालमा हुनसक्ने चीन विरोधी गतिविधिबारे चासो राख्ने गरेको छ।

एमाले नेता राजन भट्टराईले पनि पार्टीगत स्तरमा सम्बन्ध विस्तारमा लिउको भ्रमण केन्द्रित हुने बताए।

"यो द्विपक्षीय चिनजानको भेटघाट हो। अरू एजेन्डा केही छैन," भट्टराईले भने।

"पार्टी र पार्टीबीचको सम्बन्ध सुदृढ गर्नुपर्छ भन्ने चीनको नीति पहिले देखिकै हो। कोभिडपछि दुवै तर्फबाट खासै भ्रमणहरू भएका थिएनन् त्यसैले यो औपचारिक भ्रमण मात्रै हो।"

यसअघि नेपाली नेताहरूसँगको भिडिओ वार्तामा लिउले चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड अवधारणा अघि बढाउनेबारे धारणा राखेका थिए।

चिनियाँ पक्षले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतका परियोजनाहरूमा नेपालसँग काम गर्न चाहेको उनले उल्लेख गरेका थिए।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले सन् २०१३ मा घोषणा गरेको यो अभियानमा नेपालले २०१७ मा सामेल हुने सैद्धान्तिक सहमति जनाएको थियो।

बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एशिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालमा जोड दिइएको छ भने रोड अन्तर्गत सामुद्रिक मार्ग तथा बन्दरगाहहरूमार्फत् दक्षिणपूर्वी एशिसिया, खाडी क्षेत्र, उत्तर अफ्रिका तथा युरोपसम्म जोड्ने सञ्जालको कुरा गरिएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending