विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की स्थान फेरेर अनशन बसेका छन् ।
कोशी प्रदेशसभा सचिवालय अगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घर पुयाएर छाडेको थियो । कार्की फर्किएर पून प्रदेशसभा सचिवालयबाट पूर्व तर्फ अनशन बसेका हुन् । अहिले उनी निषेधित क्षेत्र बाहिर अनशन बसेका हुन् ।
१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायत माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले मंगलबार राति ८ बजे नियन्त्रणमा लिएर प्रहरीले कार्कीलाई बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारी स्थित उनको निवासमा लगेर छाडेको थियो । तर कार्की फर्किएर अनशनस्थलमै आएका थिए । अनशनस्थलमा प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका हुन् ।
अनशनस्थलमा कार्कीलाई पक्राउ गर्नुअघि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केदार कार्कीका केही समर्थक घाइते भएका छन् । प्रहरीले अनशन स्थलमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामाथि पनि लाठी चार्ज गरेको थियो ।
कार्कीको अनशनस्थलबाट प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: