काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।
राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् ।
राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् ।
बीबीसीलगायत अन्तर्राष्ट्रिय संचार माध्यमहरुकाअनुसार सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानी माले पुगेका छन् ।
राजापाक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले टिप्पणी गरेको छ ।
राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि मुलुक छाडेर अमेरिका पुगेको स्रोतलाई उदृृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
गत शनिबारदेखि नै निरन्तर ठूलो प्रदर्शन गरिररहेका प्रदर्शनकारीहरु मंगलबार झन् धेरै जम्मा भएका थिए ।
पदबाट राजीनामा दिन तयार भएपनि अब नयाँ राजनीतिक समीकरण अन्तर्गत बन्ने शासन संरचनाले आफूलाई पक्राउ र कारबाही गर्ने संभावना बढेपछि राजापाक्षे देश छोडेर भागेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - ०८:१४
टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र वि...
पौष १२ गते, २०८१ - ०८:०९
काठमाडौं । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ। राष्ट्रिय परीक्...
पौष १२ गते, २०८१ - ०८:०६
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरक...
पौष १२ गते, २०८१ - ०७:५७
काठमाडौँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित ...
पौष १२ गते, २०८१ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी हुनेछ.। जिल्ला अदालत काकस्कीमा बिहीबार दिउँसोबाट बयान गराउन सुरु भए पनि...
पौष १२ गते, २०८१ - ०७:३१
उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ। ...
पौष १२ गते, २०८१ - ०७:२४
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै ...
पौष १२ गते, २०८१ - ०७:१३
काठमाडौं । आज साँझबाट वर्षा र हिमपात गराउने प्रणाली भित्रिने भएको छ । यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विश...
पौष १२ गते, २०८१ - ०७:०८
झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हज...
पौष १२ गते, २०८१ - ०६:५९
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, ...
प्रतिकृया लेख्नुहोस्: