काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताएका छन् । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यसअवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेको बताए।
“मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छु”, पूर्वप्रधानमन्त्री ओलीले भने, “५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन, मानवअधिकारको उल्लङ्घन गर्ने छैन ।”
उनले अहिलेसम्मका राजनीतिक आन्दोलनको उद्देश्य मानवअधिकारको संरक्षण गर्ने नै भएको र राजनीति विकृत नभएर सही बाटोमा हिँड्यो भने मानवअधिकार संरक्षण त्यही हुने धारणा राखे ।
“सरकारले मानवअधिकारको रक्षा गर्ने प्रतिबद्धता जनायो भने धेरै हदसम्म मानवअधिकारको संरक्षण हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाँच्न पाउने अधिकार, खाद्य अधिकारबाट बञ्चित छन्, हरेक व्यक्तिलाई मानवअधिकारप्रति सचेत गराउनुपर्ने जरुरी छ, प्रजातान्त्रिक प्रणालीको उद्देश्य नै हिंसारहित हुनुपर्छ ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाउन सकियो भने मानवअधिकारको संरक्षण हुने उल्लेख गर्दै उनले मानवअधिकारको अभियानलाई व्यापकता सचेतना गरेर मानवअधिकार उल्लङ्घन हुन नदिन खबरदारी समेत गर्न जरुरी भएको बताए ।
“पीडितले न्याय पाउनुपर्छ, पीडकलाई कानुनी कारबाही हुनुपर्छ”, अध्यक्ष ओलीले भने, “राजनीति मानवजातिको भलाइ, मानवको बृहत्तर हितका लागि गर्ने हो, मावनजातिको खुसी र मानवको सुरक्षा गर्न मैले राजनीति गरेको हुँ, मेरो लडाइँ नै मानवअधिकारका लागि हो ।”
अध्यक्ष ओलीले राज्यले संविधान, कानुन बनाएर मुलुकलाई यथास्थितिमा राख्न खोजे पनि मानिस सामाजिक प्राणी भएकाले एकले अर्काका अधिकारको सम्मान गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: