नयाँ दिल्ली । भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो । बितेका २४ घण्टामा १६ हजार नौसय छ जना सङ्क्रमित फेला परेका छन् ।
हाल भारतमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको समाचारमा जनाइएको छ । यहाँ एक लाख ३२ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् ।
यो कुल सङ्क्रमितको ०।३० प्रतिशत हो । करिब चार महिनापछि १३ दिन यता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।
पछिल्लो एक दिनमा १५ हजार ४४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड ३० लाख ११ हजार ७४७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.४९ प्रतिशत रहेको छ ।
बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय १९ जनाको मृत्यु भएको छ ।
मङ्गलबार चार लाख ५९ हजार ३०२ कोरोना परीक्षण गरिएको थियो । यस महामारी शुरु भएयता हालसम्म ८६ करोड ७७ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड १२ लाख ७९ हजार १० मात्रा खोप लगाइएको छ ।
यसैबीच दक्षिण कोरियामा मङ्गलबार ४० हजार २६६ जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
योसँगै दक्षिण कोरियामा एक करोड ८६ लाख २ हजार १०९ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
अघिल्लो दिनको तुलनामा आज दुई हजार ९०६ जना बढेको जनाइएको छ । कोरोना सङ्क्रमणबाट हिजो बाह्र जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हालसम्म २४ हजार ६८० जनाको मृत्यु भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०९:३५
हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - ०९:२७
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...
आश्विन ४ गते, २०८१ - ०९:२४
काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...
आश्विन ४ गते, २०८१ - ०९:१४
अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
प्रतिकृया लेख्नुहोस्: