Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

निर्वाचन घोषणा गर्न ज्योतिषीसँग परामर्श गर्दैछन् देउवा ?

ज्योतिषीहरूको समूहले निकाले मंसिर ४ गतेको साइत उत्तम

खबरडबली संवाददाता

काठमाडौं । मंसिरमा हुने भनिएको संसदीय निर्वाचनको समय नजिकिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र ज्योतिषशास्त्रप्रति रहेको भनेर दाबी गरिने उनको विश्वासबारे पनि चर्चा सुरु भएको छ।

मतदानको निम्ति निर्वाचन आयोगले प्रस्ताव गरेको मिति नभई ज्योतिषीले सिफारिस गरेको मितिमा देउवाले निर्वाचन गर्न चाहेको भन्ने दाबी बारेका विवरणहरू सार्वजनिक भएका छन्, यद्यपि त्यस्ता दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

प्रधानमन्त्रीको सचिवालयले पनि त्यस्ता विवरणहरूको खण्डन गरेको छ।

गत साता आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा मंसिर २ गते गर्न सरकारलाई सिफारिस गरेको थियो।

त्यतिबेला प्रधानमन्त्री देउवाले मंसिर २ मा "नहुन सक्ने तर मंसिर ५ गतेभित्र हुनेगरी" मिति तय हुने बताएका विवरणहरू आएका थिए।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनको बेला "ज्योतिषीले आफू सात पटक प्रधानमन्त्री बन्ने बताएको" देउवाले सार्वजनिक रूपमै भनेपछि केही मानिसले उनीप्रति व्यङ्ग्य गरेका थिए।

एकजना ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार उनीलगायत अरू ज्योतिषीहरूको समूहले निर्वाचन गर्त मंसिर ४ गतेको साइत निकालेको बताएका छन्।

"हामीले कुनै व्यक्ति, दल वा संस्थाको फाइदा हुनेगरी मिति सुझाएका होइनौँ। यसमा कसैको नाफा वा घाटाभन्दा बढी समग्र र राष्ट्रको हित हुने देखिएको हो," उनले भने।

"देश सञ्चालन गर्ने जिम्मेवारी बोकेको मानिसले थाल्ने काम राम्रो समयमा होस्, त्यसले राम्रो परिणाम दिन्छ भन्ने हाम्रो आशय हो," रिजालले भने।

'वैज्ञानिक आधार छैन'

ज्योतिषशास्त्र र यसको अभ्यासप्रति संसारभरि नै मानिसहरूको रुचि र कौतूहल देखिने गरेको भए पनि ज्योतिषीहरूले हेर्ने साइत र गर्ने फलादेश लगायतका भविष्यवाणीको वैज्ञानिक आधार नभएको भनेर आलोचना हुने गरेको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा भौतिकशास्त्रका प्राध्यापक डा. देवीदत्त पौड्याल पनि "विभिन्न ग्रहका आधारमा दशाहरू चल्छन्" भन्ने कुरालाई "वैज्ञानिक आधार नभएको" ठान्छन्।

"यो एउटा विश्वासको कुरा हो तर त्यसको वैज्ञानिक आधार छैन। वैज्ञानिक रूपमा प्रमाणित नभईकन म चाहिँ त्यसलाई विश्वास गर्न सक्दिनँ," उनले भने।

कतिपयले "ज्योतिषशास्त्र विज्ञान नभएको भए कसरी सूर्य वा चन्द्र ग्रहण लाग्ने मिति र समय ठ्याक्कै मिल्छ त?" भन्ने प्रश्न गर्ने गरेका छन्।

त्यसबारे पौड्याल भन्छन्, "गणितमा आधारित गणना गर्ने ज्योतिषशास्त्र विज्ञान हो, तर फलादेश गर्ने र ग्रहदशाबारे बताउने कुराको वैज्ञानिक आधार छैन। त्यसैले यसलाई दुईवटा फरक विषयका रूपमा बुझ्नुपर्छ। फलादेश गर्नेहरूले वैज्ञानिक प्रमाण दिन नसकेकाले त्यसलाई विश्वास गर्न सकिँदैन।"

दुई दिनमा फरक के हुन्छ

"मंसिर २ गते अन्य दिनजस्तै सामान्य नै भएको तर त्यसको दुई दिनपछि चन्द्रमा निकै बलियो राशिमा बसेको, तिथि उचित भएको र नक्षत्र पनि राम्रो भएको" उनले बताए।

"उनका अनुसार मंसिर ४ गते "द्विपुष्करयोग" छ। त्यस्तो योग महिनामा एक वा दुई पटक मात्र आउँछ। अनि त्यसलाई सहकार्यका निम्ति शुभयोग मानिन्छ।"

"दुई वा त्योभन्दा बढी दल र मानिस मिलेर काम गर्दा उचित हुने योग हो। त्यसैले त्यस दिन चुनाव भए हरेक दलले एकअर्कासँग मिलेर काम गर्दा राम्रो परिणाम दिन्छ," रिजालले भने।

प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने निर्वाचनको मिति तय गर्न ज्योतिषको सल्लाह लिएको कुराको खण्डन गरेका छन्।

उनले भने,"त्यस विषयमा परामर्श भएकै छैन र त्यो गर्ने कुरा पनि होइन।"

यसबारे प्रकाशित समाचारलाई गलतको सङ्ज्ञा दिँदै उनले भने,"निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्रीज्यूबीच भेट भएको थियो। दुवै पक्षको सल्लाहअनुरूप मिति तोक्ने कुरा भएको छ।"

ज्योतिषीहरूसँग आधिकारिक परामर्श नलिए पनि केही ज्योतिषहरूले आफ्नो हिसाबले यस्तो मिति हेर्ने गरेको परियारले बताए।

निर्वाचन आयोगले पनि निर्वाचन गर्न मौसमी अवस्था, सुरक्षा, जनशक्ति तयारीजस्ता विषयमा तयारी हुनुपर्ने बताएको छ।

"मंसिर २ गते अन्य दिनजस्तै सामान्य नै भएको तर त्यसको दुई दिनपछि चन्द्रमा निकै बलियो राशिमा बसेको, तिथि उचित भएको र नक्षत्र पनि राम्रो भएको" उनले बताए।

"उनका अनुसार मंसिर ४ गते "द्विपुष्करयोग" छ। त्यस्तो योग महिनामा एक वा दुई पटक मात्र आउँछ। अनि त्यसलाई सहकार्यका निम्ति शुभयोग मानिन्छ।"

"दुई वा त्योभन्दा बढी दल र मानिस मिलेर काम गर्दा उचित हुने योग हो। त्यसैले त्यस दिन चुनाव भए हरेक दलले एकअर्कासँग मिलेर काम गर्दा राम्रो परिणाम दिन्छ," रिजालले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending