काठमाडौं । श्रीलङ्कामा विरोधप्रदर्शन चर्किएपछि अकस्मात् देशबाट पलायन भएर सिङ्गापुर पुगेका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका छन्।
अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए।
उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए।
राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।
श्रीलङ्कामा विरोधप्रदर्शन चर्किएपछि अकस्मात् देशबाट पलायन भएर सिङ्गापुर पुगेका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका छन्।
अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए।
उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए।
राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।
यसअघि उनले बुधवारभित्र राजीनामा दिने बताएका थिए। तर उनले बुधवार त्यस्तो कुनै पत्र पठाएनन्।
यद्यपि बिहीवार अबेर श्रीलङ्काको संसद्का सभामुखले राजपक्षले राजीनामापत्र पठाएको जानकारी दिएका छन्।
राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ।
उनी सिङ्गापुरमा उत्रिएको पुष्टि गर्दै त्यहाँको विदेश मन्त्रालयले भनेको छ, "उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ। सिङ्गापुरले सामान्यत: शरणको अनुरोध स्वीकार गर्दैन।"
राजधानी कोलम्बोमा हर्षित प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामाको खबरलाई स्वागत गरेका छन्।
कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घ शपथग्रहण नगरेसम्म औपचारिक रूपमा अन्तरिम राष्ट्रपति बन्ने छैनन्।
शपथ लिएपछि संसद्बाट अनुमोदित हुन उनीसँग ३० दिनको समय हुनेछ।
यदि उनी अनुमोदित भएनन् भने सांसदहरूले नयाँ राष्ट्रपतिका लागि मतदान गर्न आवश्यक हुन्छ।
श्रीलङ्कामा कर्फ्यू
राष्ट्रपति राजपक्षले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त भएको समाचार आयो।
त्यसपछि विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरे। उनले बिहीवार दोस्रो दिन कर्फ्यू घोषणा गरेका बेला राजपक्ष माल्दिभ्सबाट सिङ्गापुरतर्फ लागेको खबर आएको थियो।
विक्रमसिङ्घले स्थानीय समयानुसार बिहीवार १२ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरेका छन्।
अहिले श्रीलङ्कामा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि राजीनामा मागिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: