Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

नगरवासीको प्रश्नः कहिले आउला बागलुङमा शुद्ध पानी ?

खबरडबली संवाददाता

बागलुङ । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । 

शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न उठेका हुन् । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पनि अधिकांश जिज्ञासा र चिन्ता मौलिक हक पालना नभएको पाएकाले नगरपालिका सचेत बनेको बताए। 

सुनुवाइमा नयाँ जनप्रतिनिधिका थोरै चुनौती र सबैभन्दा बढी बागलुङको खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रश्न उठेका थिए । सुनुवाइमा सहभागी अधिकांशले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्नेसमेत सुझाए । धौलागिरि अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी नभएको, सयौँ सेवाग्राहीलाई सामान्य जानकारी दिने काम नभएको, खानेपानीको व्यवस्थापन नभएको र आवश्यक दक्ष चिकित्सक घटेकोसमेत बताए । 

नगरपालिकाले सञ्चालन गरेका पूर्वाधार गुणस्तरहीन भएको टिप्पणी सहभागीले गरेका थिए । सदरमुकामदेखि वडा तहमा जोड्ने सडक जीर्ण बन्दै गएकाले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको गुनासो थियो । “भकुण्डे पर्यटनको आकर्षण केन्द्र हो, यहाँ पुग्न सयौँको मन छ, तर जाने सडक भएन”, बानपा–४ का प्रकाश जिसीले भन्नुभयो, “उक्त सडकस्तरीय बन्दा नगरपालिकाले लाखौँ कमाई गर्न सक्छ ।” पर्यटकको भीड लाग्दा स्थानीय बासिन्दाले रोजगारी पाउने र उत्पादनले बजार पाउने उहाँको तर्क थियो । 

त्यस्तै बलेवास्थित हवाइ मैदान सञ्चालन, निर्माण सम्पन्न भएको बसपार्क व्यवस्थापन गर्नुपर्ने, अदालत चौपारीदेखि तित्याङ जाने सडकको सुरुआत खण्ड असहज भएको, खानेपानीको लिफ्ट योजना बनिरहेको भूगोलमा हुनसक्ने जोखिम घटाउन अहिलेबाटै पहल गरिनुपर्ने धारणा पनि आएका थिए । खानेपानीको मुहान भएका स्थानमा बङ्गुरपालन गरिँदा प्रदूषण बढेको, नदी दोहन रोक्न आवश्यक प्रक्रिया पूरा नभएको, काठेखोलामा जलचरको संरक्षणमा ध्यान नपुगेको जस्ता प्रश्नसमेत उठेका थिए । 

सहभागीको जिज्ञासामा नगरप्रमुख श्रेष्ठले प्रश्नको जवाफ दिएका थिए। उनले नगरवासीलाई आगामी पुस मसान्तसम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिबद्धता जनाए। “निर्माणाधीन काम सक्न समय लाग्ने भएकाले केही ढिला हुन्छ, तर काम सक्न चाहिने उपकरणमा नगरपालिकाले सहजीकरण गर्नेछ”, उनले भने, “अप्ठ्याराहरु फुकाउने काम गर्छौं, तर ठेकेदारले काम समयमा सक्नुपर्छ ।” साथै उनले लिफ्ट खानेपानीको विकल्पसमेत सोचिसकेको भन्दै कालीगण्डकीको पानीसमेत ल्याउन प्रारम्भिक सर्भे गर्ने बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अब समयमा योजना सम्झौता गर्ने, समयमा फरफारक गर्ने पद्दति बसाल्ने बताए। उनले समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजुलगायतका अप्ठ्यारा समयमा फुकाउन सकिने बताउनुभयो । “अब साउनबाटै योजना सम्झौता हुनेछन्, त्यसैले असारमै रातो किताब ल्यायाँै”, उनले बताए, “मङ्सिर मसान्तमा सम्झौता नभए पुसको नगर परिषद्ले रकमान्तरण गरेर अन्यत्र हाल्नसक्ने व्यवस्था छ ।” उनले रकमान्तरण भएका योजनामा पनि फागुन मसान्तभित्र सम्झौता गरिसक्ने लक्ष्य बनाएको बताए। 

कार्यक्रममा उपप्रमुख राजु खड्का, अस्पतालकी नर्स अधिकृत शान्ति खड्का र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिज्ञासाको जवाफ दिएका थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending