चितवन । जिल्लामा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा १०६ पुरुष, ३३ महिला, ११ बालक र एक बालिका रहेका छन् । कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा ८१० सवारी साधन परेका छन् ।
सवारी साधनमा मोटरसाइकल ४१० रहेका छन् । जिप कार ११२ ट्रक, ट्याङ्कर १०३ वटा, बस ५७, शारीरिक शक्तिबाट चल्ने ५४ वटा, ट्र्याक्टर २२ दुर्घटना भएका छन् । टेम्पो २०, माइक्रो १६, टिपर आठ र अन्य सात सवारी साधन दुर्घटनामा परेको अधिकारीले जानकारी दिए। कार्यालयको तथ्याङ्कअनुसार २६५ गम्भीर घाइते भएका छन् भने ७०६ सामान्य घाइते भएका छन् ।
गत आवमा सवारी साधनले किचेर ३४ चौपाया मरेको कार्यालयले जनाएको छ । आव २०७७र०७८ मा जिल्लामा ४३५ दुर्घटना भएको थियो । ती दुर्घटनामा १२८ को मृत्यु भएको थियो भने २९० गम्भीर घाइते भएका थिए । छ सउ ६४ वटा सवारी साधन दुर्घटना हुँदा ४१३ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयका प्रमुख अधिकारीले बताए। मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण र वातावरणीय कारण रहेका छन् । मानवीय कारणअन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ती रहेको छ । सडकको अवस्थामा घुम्ती मोड, उकालो÷ओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् ।
यान्त्रिक गडबडी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाइट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणले दुर्घटना हुने गरेको अधिकारीले जानकारी दिए । जिल्लामा मुख्य सडकमा भन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको भन्दै उहाँले यसलाई रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए। गत आर्थिक वर्षमा भित्री सडकमा मात्रै २४२ दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गमा १२३, नारायणगढ मुग्लिन सडकखण्डमा ८५, शहरी सडकमा ४९ र पृथ्वी राजमार्गमा ३१ दुर्घटना भएको उहाँले बताउनुभयो ।
कार्यालयले गत आवमा ३८ हजार ६२२ सवारी साधनलाई कारबाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एक वर्षमा ११ हजार २३१ मोटरसाइकललाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: