लमजुङ । गएरातिदेखि बाढीपहिराले अवरुद्ध बनाएको डुम्रे बेँशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो ।
लमजुङस्थित डुम्रे–बेँशीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्चुतविलास पन्तका अनुसार वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजारसम्म जोडिने यस भागमा माथिबाट लेदो आएर अवरुद्ध भागको लेदो निकालेसँगै पुनःसवारी सञ्चालनमा आएको हो । यहाँ एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको उहाँको भनाइ थियो । माथिबाट लेदो आएको थियो भने तल मस्र्याङ्दी नदीले कटान गर्दा सडक नै भासिएको थियो ।
सडक सञ्चालनसँगै सवारीसाधन आवतजावत गरिरहेपनि यात्रा भने कष्टकर भइरहेको छ । सो स्थानमा सवारीसाधन फस्ने र निकाल्ने गर्दै सवारी सञ्चालन हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् । माथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने र तल सडक नै भासिन सक्ने अवस्थामा रहेको बताइएको छ । उक्त स्थानमा सडक तल र मस्र्याङ्दी नदी माथि भागमा तारजाली हाल्न र व्यवस्थित बनाउन लागिएको कार्यालय प्रमुख पन्तको भनाइ थियो । गतवर्ष र गत असारको पहिलो हप्ता गएको बाढीले डुम्रे बेँशीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थान वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ । सो सडक ४२ किलोमिटर दूरीको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: