बागलुङ । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ ।
बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए ।
“पानी परेपछि राहत मिलेको छ”, जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले भने।
यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताए।
असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन । किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए ।
असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् ।
जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - ०९:३५
काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेपछि पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्...
पौष १० गते, २०८१ - ०९:२९
मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेक...
पौष १० गते, २०८१ - ०९:१४
तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । ...
पौष १० गते, २०८१ - ०८:२२
काठमाडौं । मोरङको कटहरी गाउँपालिका २ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार भएको खुलेका छ। बलात्कारको आरोपमा प्रहरीले एक भारतीयसहित तीन...
पौष १० गते, २०८१ - ०८:१२
हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ। सोमवार रातिदेखि जिल्लामा हिमपात...
पौष १० गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख ...
पौष १० गते, २०८१ - ०७:४७
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत ग...
पौष १० गते, २०८१ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ...
पौष १० गते, २०८१ - ०७:३५
सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको ...
पौष १० गते, २०८१ - ०७:३१
काठमाडौं । पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: