काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरूको बीचमा समझदारी बनाएर नेकपा समाजवादी केन्द्र निर्माणबारे गृहकार्य गरिरहेका छन्।
प्रचण्डले वामपन्थी एकता गराउने भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरुसँग छलफल गरिरहेका छन्।
सत्ता गठबन्धनभित्र वामपन्थी भन्दै एकताको पहल गरेको प्रचण्डले एमाले र कांग्रेसलाई नै टक्कर दिने गरी चुनावी मोर्चा बनाउने पहल गरेका हुन्।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमध्ये कांग्रेसले एक सय सिट ल्याएर ५ वर्ष आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। तर त्यही निर्णयप्रति प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताहरु असन्तुष्टि पोख्दै आइरहेका छन्।
प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेका बाबुरामलाई साथ लिएर समाजवादी केन्द्र निर्माणको गृहकार्य गरिरहेको बेलामा उनले फरक मत राखेका छन्।
समाजवादी केन्द्रको विषयमा प्रचण्डसँग निरन्तर संवाद गरिरहे पनि बाबुरामसँग पार्टीबाट अलग भएलगत्तै एकै ठाउँमा मिसिन उपेन्द्र सकारात्मक नदेखिएको उनीनिकट नेताहरु बताउँछन्।
त्यसो त उपेन्द्रले ग्रिन सिग्नल दिएकै कारणले प्रचण्ड निरन्तर छलफलमा जोडिएको माओवादीका एक नेता बताउँछन्।
ती नेता भन्छन्, ‘तत्काल बाबुरामजीसँग सँगै बस्न नैतिक रुपमा पनि उहाँलाई समस्या परेको छ। त्यसैले चुनावी मोर्चाको लागि भने उहाँ सकारात्मक नै हुनुहुन्छ।’
यता, जसपा नेता मनिष सुमन आफूहरूको पार्टी नै समाजवादी भएकाले समाजवादी केन्द्रमा जानुपर्ने आवश्यक नभएको बताउँछन्।
उनी भन्छन्, ‘समाजवादी केन्द्रबारे पार्टीमा औपचारिक रुपमा प्रवेश पाएका छैन। अध्यक्षज्यूसँग कुरा आएको भन्ने थियो। तर हामीले हाम्रो पार्टी नै समाजवादी भएकाले कम्युनिष्टहरूसँग जोडिएको समाजवादी केन्द्रमा जानुपर्छ भन्ने नभएर अस्वीकार गरिसकेका छौँ।’
समाजवादी केन्द्र बनाउनुको सट्टा सबै जसपामै आए सहज हुने उनको बुझाइ छ।
तपाईंहरु पनि गठबन्धनमा हुनुहुन्छ। एउटै मोर्चाबाट जाँदा सहज हुने भएकाले प्रस्ताव गर्नुभएको होलारु नि भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धन र समाजवादी केन्द्रको विषयमा एकै हुँदैन। गठबन्धनमा त कांग्रेस पनि छ नि। त्यसैले हामीले त्यहाँ जान आवश्यक छैन।’
जसपाले कारवाही गरेर अलग बाटोमा हिँडेको भएपनि उपेन्द्र–बाबुराम अहिले सत्ता गठबन्धनमै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: