काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट निस्कासित डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको प्रक्रिया अघि बढाएका छन्।
जपाबाट अलगिएर उनले नेपाल समाजवादी पार्टी खोल्न लागेका हुन्।।
केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेकोे उनी निकट एक नेताले बताए।
ती नेताले भने, ‘समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी राख्न लागेका हौँ। तीन जना अध्यक्ष रहने गरी पार्टी गठनको तयारी छ, कोको अध्यक्ष हुन्छ भन्ने टुंगोमा पुगेका छैनौ।'
भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।
उनीनिकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ।
गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाट जितेका थिए।
पार्टी दर्ता प्रक्रिया अघि बढाउँदै गरेको भट्टराइले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाएर जानेबारे पनि भट्टराईसँग छलफल गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८१ - ०९:४४
झापा । झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्...
बैशाख १६ गते, २०८१ - ०९:२०
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् । लिम...
बैशाख १६ गते, २०८१ - ०९:१५
काठमाडौं । इलाम २ को मतगणना ११ बजेबाट सुरु गर्ने सहमति भएको छ । बिहान बसेको सर्वदलीय वैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। बैठकमा सह...
बैशाख १६ गते, २०८१ - ०८:४१
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा परेको ...
बैशाख १६ गते, २०८१ - ०८:०७
काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प...
बैशाख १६ गते, २०८१ - ०८:०३
काठमाडौं। आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ। आयोजना पहिचान भएर ...
बैशाख १६ गते, २०८१ - ०७:५५
काठमाडौं । वेस्टइन्डिज ए सँग नेपालले दोस्रो टी-२० खेलमा आज खेल्दैछ । खेल दिउँसो १२:१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा...
बैशाख १६ गते, २०८१ - ०७:४२
काठमाडौं । बझाङमा ९३ मतदान केन्द्र मध्ये ९० मतदान केन्द्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको छ । सदरमुकामबाट निकै टाढा रहेको साइपाल गाउँपालिकाका ३...
बैशाख १६ गते, २०८१ - ०७:२२
कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सड...
बैशाख १६ गते, २०८१ - ०७:१३
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र स...
प्रतिकृया लेख्नुहोस्: