काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा ९एमाले० का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा महत्वपूर्ण सार्वजनिक महत्वको विषयबारे समय मागेर बोल्दै उनले मङ्कीपक्स जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
‘‘मङ्कीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ । नेपाल सरकारले यसबारे सार्वजनिक ढङ्गले सुसूचित गरेको छैन । सीमामा साइनबोर्ड, विमानस्थलमा सचेतना सन्देश राखिएको छैन । खुला सिमाना भएकाले भारतमा समेत देखिइसकेकाले बेलैमा पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन सरकारसमक्ष माग गर्दछु”, सांसद भट्टराईले भने।
उनले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउनेबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए । काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी भेटिइसकेका छन् भन्दै उनले समुदायस्तरमा हैजाको महामारीको रुप लिन नदिन राजधानी उपत्यकाका सबै खानेपानी र पिउने पानीका मुहानको गुणस्तरमापन परीक्षण गरेर जनस्तरमा सचेतना फैलाउन जरुरी भएको उल्लेख गरे ।
सांसद भट्टराईले कोभिडको नयाँ प्रजाति देखिएकाले त्यसको नियन्त्रणबारे सदनलाई जानकारी गराउन सरकार समक्ष माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...
चैत्र ७ गते, २०८२ - १४:१८
नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरुले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दि...
चैत्र ७ गते, २०८२ - १३:५१
काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...


प्रतिकृया लेख्नुहोस्: