म्याग्दी । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक अङ्गिकृति नागरिकतासमेत लिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नागरिकता र राहदानी लिनेको सङ्ख्या बढेको बताए। “कोभिडका कारण अघिल्ला दुई आवमा राहदानी र नागरिकता बनाउन नपाएकाले गत आवमा बनाएकाले बढेका हुन्”, उहाँले भन्नुभयो “नागरिकता र राहदानी बनाउनेको सङ्ख्या करिब दोब्बरले बढेको छ ।”
सहायक प्रजिअ शर्माका अनुसार गत आर्थिक वर्षमा चार हजार ५२८ साधारण र ८४४ द्रुत राहदानीका लागि सिफारिस गरिएकामा तीन हजार ८९२ राहदानी वितरण गरिएको छ । छ सय ३६ राहदानी वितरण गर्न बाँकी छ ।
आर्थिक वर्ष २०७७/७८ मा तीन हजार २०५ नयाँ र एक हजार ७१५ प्रतिलिपी नागरिकता वितरण गरिएको थियो । यसैगरी एक हजार ९७५ साधारण र ४३५ द्रुत राहदानी सिफारिस गरिएकामा दुई हजार २० वितरण भएको थियो । राहदानी दस्तुर शीर्षकमा गत आर्थिक वर्षमा रु दुई करोड ३९ लाख ६० हजार ५०० राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष सो शीर्षकमा रु एक करोड नौ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो ।
यसैगरी गत आर्थिक वर्षमा आठ हजार ५५ जनालाई राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । आगलागी, चट्याङ, वर्षा र हिमपातबाट प्रभावितलाई रु दश लाख दश हजार, द्वन्द्वपीडितलाई रु पाँच लाख ८८ हजार राहत वितरण भएको छ ।
मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनःनिर्माणका लागि रु एक करोड ४३ लाख पचास हजार अनुदान भुक्तानी भएको छ । सैतीस नयाँ संस्था दर्ता र १९७ नवीकरण, २७५ नाबालक परिचयपत्र, ७०९ विविध सिफारिस, ५५ हातहतियारको नवीकरण, चार हातहतियार नामसारी र ४५५ भूपु सैनिक पेन्सन सिफारिस भएको छ । पचहत्तर ठाडो उजुरी परेको प्रशासनमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका १८ सहित २५ मुद्दा दर्ता भएकामा १९ फस्र्यौट भएका छन् । संस्था दर्ताबाट रु तीन लाख ७० हजार ७३५, हातहतियार नवीकरण तथा नामसारीबाट रु छ लाख १० हजार २००, प्रशासनिक दण्डजरिवानाबाट रु एक लाख पाँच हजार ४१५, न्यायिक दण्ड जरिवाना र जफत शीर्षकमा रु पाँच हजार तथा धरौटी शीर्षकमा रु ८२ हजार २६५ राजस्व सङ्कलन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: