काठमाडौं । काठमाडौं महानगरपालिकाले १ करोड ५० लाख खर्चेर र्यापर यम बुद्धको नाममा पार्क निर्माण गर्ने भएको छ।
महानगरपालिका वडा नम्बर १६ नयाँ बजारमा रहेको जग्गामा पार्क बनाउने तयारी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरको ७ रोपनी जग्गामा १ करोड ५० लाख बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। यसअघि यम बुद्धको सालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो।
उक्त निर्णयले महानगर विवादितसमेत बनेको थियो। सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणासमेत गरेका थिए।
तर, फेरि महानगरकै खर्चमा बनाउने गरी बजेट विनियोजन गरिएको छ। अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याइएको मानन्धरले बताए।
पार्कमा आवश्यकता अनुसारका संरचना बनाइने छ। उनले भने, ‘पार्कभित्र र्यापर यम बुद्धको सालिक पनि हुन सक्छ।’
'गल्ती गरेका छैनौं'
मेयर शाहले आलोचना र प्रशंसा सबैको स्वागत गरेर अघि बढ्ने बताएका छन्।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको जानकारी दिँदै मेयर बालेन्द्रले कार्यान्वयनका लागि सहकार्यको विकल्प नभएको बताएका छन्।
बजेट निर्माण गर्दा महानगरका प्राथमिकता तय गरेको उनले बताएका छन्।
‘तत्काल परिवर्तन गर्ने आवेशमा र ‘क्रान्तिकारी देखिन’ सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिंडेर पुग्न खोज्ने गल्ती गरेका छैनौं,’ आफ्नो सामाजिक सञ्जालमार्फत मेयर बालेन्द्रले भनेका छन्, ‘पुराना किसिमका बजेटका शीर्षकहरुलाई यसपालि पनि निरन्तरता दिएका छौँ। र, भविष्यका लागि सकारात्मक आधार बन्ने केही नयाँ शीर्षकमा बजेट थपेका छौँ।’
महानगरवासी र महानगरका पनि सीमा र बाध्यता भएका उल्लेख गर्दै अहिलेको प्रमुख प्राथमिकता फोहोर व्यवस्थापन रहेको उनले बताएका छन्।
‘अहिले फोहोर व्यवस्थापनलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ मेयर शाहको भनाइ छ, ‘शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरिय सेवा पुग्न सक्ने बनाउँन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: