Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

मङ्कीपक्सबाट प्रभावित स्पेनमा थप एक संक्रमितको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ ।

स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो ।

यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो ।

मन्त्रालयले भनेको छ, “कूल तीन हजार ७५० मा मङ्कीपक्स सङ्क्रमणको शङ्का गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ ।” 

मन्त्रालयको रिपोर्टमा थप भनिएको छ, मृतकमध्ये ‘दुई युवकहरू’ थिए र दुवै मृत्युका बारेमा थप अध्ययनहरू भइरहेका छन् ।” 

स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मङ्कीपक्सको सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ ।

मङ्कीपक्स सङ्क्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलकमध्ये एक बनेको छ ।

ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मङ्कीपक्स सङ्क्रमित पहिलो विरामीको मृत्यु भएको घोषणा गरेको थियो । 

यस पहिले अफ्रिकामा मङ्कीपक्स सङ्क्रमित नागरिकको मृत्यु भएको थियो । अफ्रिकामा सन् १९७० मा पहिलो पटक पत्ता लागेको यो भाइरसले यहाँ  तत्कालिन समयमा महामारीको रूप लिएको थियो ।
  
यद्यपि यस बर्ष मङ्कीपक्स सङ्क्रमित तीन जनाको नै यही समस्याका कारण मृत्यु भएको हो वा होइन अझै खुल्न सकेको छैन ।

 विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकारूपमा घोषणा गरेको छ र यो सबैभन्दा उच्च सतर्कता स्तर हो ।

डब्ल्यरूएचओका प्रमुख टेड्रोस आधानोम घेब्रेयससका अनुसार यस बर्ष मङ्कीपक्सका अधिकांश सङ्क्रमणहरू यूरोपमा पुष्टि भएका छन् ।

मे महिनाको सुरुदेखि अहिलेसम्ममा विश्वभरि देखिएको मङ्कीपक्स सङ्क्रमितमध्ये यूरोप क्षेत्रमा झण्डै ७० प्रतिशत समस्या देखिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE