Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

विद्यार्थी आकर्षणको केन्द्र बन्दै ‘महाकवि देवकोटा नमूना मावि’

खबरडबली संवाददाता

परासी । सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पुगेका छन् ।  

यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०को सुनवल नगरपालिका–४ स्थित महाकवि देवकोटा नमूना माध्यामिक विद्यालय यतिबेला विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । विद्यालयले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा ल्याउन थालेपछि विद्यार्थीको चाप ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक खेमलाल शर्मा जोशी बताउछन् । यो विद्यालय जिल्लाकै अब्बल र नमूना विद्यालयको रुपमा स्थापित छ । 

“यस विद्यालयमा विद्यार्थीको चाप अत्याधिक छ, कक्षा कोठा अभावले सबै विद्यार्थी भर्ना गर्न असमर्थ छौँ, कक्षागत आवश्यक सङ्ख्या किटान गरी प्रवेश परीक्षामार्फत भर्ना गर्ने अभ्यास गरिरहेका छौँ”, उनले भने। 

शैक्षिक सत्र २०७१ देखि उच्च शैक्षिक नतिजा लगातार पाँच वर्षसम्म प्राप्त गरी नेपाल सरकारले निर्धारण गरेका सूचक पूरा गरी जिल्लाकै अग्रणी नमूना विद्यालय विकासमा छनोट भई सोही अनुसार यस विद्यालयले पाँच वर्षे विद्यालय सुधार गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिरहेको छ । हाल यस विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरी १०३ जना कार्यरत छन् । यो विद्यालय सङ्घीय सरकारबाट जिल्लाकै पहिलो नमूना विद्यालयमा छनोट भएको थियो, भने गतवर्ष लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा घोषित भएको थियो । 

विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अङ्ग्रेजी माध्यममा तथा कक्षा ११ र १२ मा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने गरेको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा, मानविकी र कानुन सङ्कायका कक्षा सञ्चालनमा रहेको प्रधानाध्यापक शर्माले बताए।

यसका साथै डिप्लोमा ईन अटोमोबाइल इञ्जिनीयरिङ९३६ महिने०, छोटो अवधिको प्राविधिकधार तर्फको तालीम, खुल्ला एसइई, प्राविधिक धारतर्फको पुरक पाठ्यक्रम पनि सञ्चालनमा छ । उत्कृष्ट व्यवस्थापन, शिक्षकको मेहनत, आवश्यकता अनुसारको भौतिक पूर्वाधार, बालमैत्री, अपाङ्गतामैत्री र छात्रा मैत्री वातावरणलगायतका कारण विद्यालय अब्बल बन्दै गएको प्रअ शर्माको भनाइ छ । 

“सिकाइ उपलब्धिलाई वृद्धि गरी कक्षा दोहो¥याउने विद्यार्थी दर घटाइएको छ, गुणस्तरीय शिक्षाका लागि शिक्षणमैत्री भौतिक पूर्वाधार निर्माण गरिएको छ, नतिजा विश्लेषण तथा परामर्शलाई प्रभावकारी गराइएको छ”, उनले भने। 

विद्यालयले प्रतिस्पर्धी, सक्षम र रोजगार उन्मुख नागरिक उत्पादनमा जोड दिएको उल्लेख गर्दै उहाँले विद्यालयलाई अब्बल बनाउन वार्षिक तथा दैनिक पाठ योजना बनाइ शिक्षण गर्ने गरिएको, शिक्षकलाई विषयगत पेसागत तालिम दिने गरिएको, प्रविधिको उच्चतम प्रयोगमा अग्रसर गराइएको छ । मुलुककै उत्कृष्ट विद्यालयमध्येको एक शैक्षिक गन्तव्य बनाउने उद्देश्यका साथ आफूहरु अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल बताउछन् । 

“यस विद्यालयलाई यस क्षेत्रको शैक्षिक हवको रुपमा विकास गर्दै भ्रमणयोग्य शैक्षिक गन्तव्यको रुपमा विकास गर्दै लैजाने मूख्य उद्देश्य हो, बालमैत्री वातावरण, साधारण र प्राविधिक शिक्षामा उच्चतम् सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी, रोजगार उन्मुख, नैतिक र असल नागरिक उत्पादन गर्ने नमूना र नेतृत्वदायी संस्थाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उनले भने।

 विद्यालयलाई थप व्यवस्थित र शैक्षिक हवको रुपमा विकास गर्न प्राविधिक शिक्षातर्फ थप न्यूनतम चार कोठा, आधारभूत तह तथा विज्ञान कक्षामा न्यूनतम तीन वटा स्मार्ट कक्षाको लागि विद्यार्थीमैत्री आवश्यक आधुनिक फर्निचर तथा अन्य सामग्रीसहितको स्मार्ट कक्षाको व्यवस्थापन, आधुनिक प्रविधिका फर्निचरसहितको कक्षा कोठा व्यवस्थापन, विद्यालयको पश्चिमतर्फ तुरियाखोलामा तटबन्ध गर्नुपर्ने, मण्टेश्वरी कक्षामा एसी जडान गर्नुपर्ने आवश्यकता देखिएकोले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा राखिएको अध्यक्ष अर्यालले बताए। 

विसं २०१६ मा तत्कालीन सरस्वती प्राविको रुपमा स्थापना भई हाल महाकवि देवकोटा माविको रुपमा परिचित सो विद्यालय तीन ठाउँमा सञ्चालनमा छ । सुनवल–१, ४ र १० मा रहेका छुट्टाछुट्टै भवनबाट एकैपटकमा ५१ कक्षा सञ्चालन हुने गरेको छ । विद्यालयको प्रशासनिक व्यवस्थापन सहज बनाउन एक प्रधानाध्यापक, दुई सहायक प्रधानाध्यापक, तहगत र विषयगत संयोजक तोकी जिम्मेवारी बाँडफाँड गरिएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा दर्ता, भोलि पेसी

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending