Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै

खबरडबली संवाददाता

रसुवा  । हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र  अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो । 

जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

परिचयपत्रको कार्ड भने एक सय ५९ लाई मात्र वितरण भएको कार्यालयको भनाइ छ । विवरण भरिसकेका अधिकांश नागरिकको ‘कार्ड’ भने राष्ट्रिय परिचयपत्र विभागबाट प्राप्त गर्न बाँकी रहेको बताइएको छ । कम्प्युटर अभिलेखमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक  भएका कारण सेवा प्रवाह चुस्त भएको हो । 

यस्तै जिल्लामा राहदानी लिनेको सङ्ख्या पनि बर्सेनि बढ्न थालेको छ । गत आर्थिक वर्षमा एक हजार सात सय ६८ जनाले राहदानी लिएका थिए । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विगत वर्षमा राहदानी लिनेको सङ्ख्या पाँच सय ५३ रहेका थिए ।

कार्य सम्पादनको क्रममा ‘इन्टरनेट सिस्टम’ एवं विद्युत् सेवा अधिकांश समय अवरुद्ध भइरहने समस्याका कारण हिमाली क्षेत्र, भौगोलिक विकटतालाई मध्यनजर राख्दै  अतिरिक्त समय सेवा प्रवाह गरिएको उनले बताए । 

कार्यालयको अतिरिक्त समयमा समेत काम सम्पादन हुँदा सेवाग्राही खुशी छन् । जिल्लामा हालसम्म ४२ हजार चार सय ५९ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान भएको जनाइएको छ । जिल्लामा पछिल्लो समय वार्षिक सरदर दुई हजार स्थानीय बासिन्दाले नागरिकता लिने गरेको अभिलेखले देखाएको छ । गत वर्ष वैवाहिक अङ्गीकृत एकजना समेत कूल दुई हजार ५४ नागरिकता प्राप्त गरेका थिए । 

जिल्लाभित्र पर्नसक्ने विपद्को उद्धार एवं राहतका पूर्वतयारी गरिएको र निर्माणाधीन विद्युत् आयोजनामा वार्ताको माध्यमबाट आइपर्ने समस्या समाधानमा सहजीकरण गर्दै आएको प्रजिअ जैसीले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending