काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमितहरूको उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । असार ३१ गतेको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका लगि अस्पताल तोकेको जनाएको छ ।
कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो ।
जसका लागि प्रदेश १ मा कोसी अस्पताल (विराटनगर) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लाई तोकिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल (जनकपुर) र नारायणी अस्पताल (वीरगञ्ज) लाई उपचारको जिम्मा दिइएको छ । वाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), भरतपुर अस्पताल (चितवन), वीर अस्पताल (महाबौद्ध), त्रिवि शिक्षण अस्पताल(महाराजञ्ज), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (लगनखेल) लाई कोभिड उपचारका लागि तोकिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र धौलागिरि अस्पताल (बाग्लुङ), लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल(बुटवल) र भेरी अस्पताल(नेपालगञ्ज) कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला) र सुर्खेत प्रार्देशिक अस्पताल (वीरेन्द्रनगर) साथै सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल (डडेलधुरा) र सेती प्रादेशिक अस्पताल (कैलाली)लाई निःशुल्क कोभिड संक्रमितको उपचार गराउने भन्दै सरकारले जिम्मा दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: