Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ घुमे

खबरडबली संवाददाता

मुस्ताङ । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । 

अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले बताए । दुई हजार ७४३ जना विदेशी पर्यटक मनाङ हुँदै पाँच हजार ३०० मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ आएका हुन् । 

यसैगरी एक हजार ५६६ जना पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । कागबेनीदेखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा जान विदेशीले सात दिनका लागि पाँच सय डलर शूल्क तिर्नुपर्छ ।  

गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिएको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटकको प्रवेश शुल्कबाट गतवर्ष नौ करोड उनान्चालीस लाख राजस्व सङ्कलन भएको एक्यापले जनाएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । कोरोना ९भाइरस०को महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको मुस्ताङमा पछिल्लो यामदेखि पर्यटकको चहलपहल बढेको हो । कोरोना कहरअघि वार्षिक ६० हजार विदेशी पर्यटक मुस्ताङ आउने गरेको एक्यापको तथ्याङ्क छ । 

मुस्ताङमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । कोरोना ९भाइरस०को महामारीका कारण थला परेको पर्यटन क्षेत्र चलायमान बन्न थालेको हो । पर्यटकको चहलपहलसँगै पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटन, होटल ब्यवसायी र मजदूरलाई राहत मिलेको छ । 

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । कोरोना ९भाइरस०को महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको मुस्ताङमा पछिल्लो यामदेखि पर्यटकको चहलपहल बढेको लोमान्थाङका होमस्टे सञ्चालक टासी गुरुङले बताए ।

सडक यातायातको सहज पहुँच, पदयात्रा र भ्रमणका लागि अनुकुल मौसम, सुविधा सम्पन्न होटल, प्रर्वद्धनात्मक गतिविधि र पूर्वाधार निर्माणसँगै मुस्ताङमा स्वदेशी पर्यटक बढेका लोमान्थाङका वडा सदस्य छेवाङ रिनजीन गुरुङले बताए । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरताकै कारण मुस्ताङमा पर्यटक आकर्षित भएका हुन् । 

सडक निर्माणसँगै मासिएका पुराना पदमार्गको विकल्पमा नयाँ मार्गको विकास, धार्मिकस्थल दामोदरकुण्डलाई सडक सञ्जालमा जोड्ने, ऐतिहासिक महत्वका गुम्बा, दरबार र संस्कृति संरक्षणमा जोड दिइएको गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बताए ।  

मुस्ताङको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन बेनी–जोमसोम–कोरला सडक स्तरोन्नितिलाई पूर्णता दिई पोखरा–जोमसोम हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ । त्यसैगरी नयाँ गन्तव्यको पहिचान, प्रवद्र्धन र धार्मिक ऐतिहासिक सम्पदाको संरक्षणमा प्राथमिकता दिइएको सांसद विष्टले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy