Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

रुकुम​मा पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई

खबरडबली संवाददाता

रुकुम । रुकुम पूर्वको पृथा उत्तरगङ्गा गाउँपालिकाको सबै वडा सचिवविहीन छन् । सुरुदेखि नै सचिवविहीन बनेका वडामा स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम गर्दै आएका छन् ।
वडा सचिव नभएपछि गाउँपालिकाले नै सबै वडामा वडा सहायक खटाएको छ । वडा सहायकले वडाबाट हुने सबै कामकाजको कागजपत्र मिलाउने, सिफारिस तयार पार्ने गर्दछन् । वडाबाट नजिक पर्ने स्वास्थ्यचौकीका इञ्चार्जले हस्ताक्षर गरेर अहिलेसम्म कामकाज चल्दै आएको पृथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष एवं गाउँ कार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले बताए । कतिपय वडामा झन कागजात तयारको काम कार्यालय सहयोगीले पनि गर्दै आएको उनले बताए । घर्तीका अनुसार गाउँपालिकाको १, २, ३, ४, ९ र १२ नं वडामा वडा सचिवको काम गाउँपालिकाका स्वास्थ्य संयोजक एवं मैकोट स्वास्थ्यचौकीका इञ्चार्ज समीर गिरीले गर्दै आएका छन् । वडा नं १, २, ३, ४ र ९ नं का नागरिक वडाबाट सिफारिसलगायत अन्य कागजातमा हस्ताक्षर गराउनुप¥र्यो भने फाइल बोकेर तकसेरा आउने गर्दछन् । मैकोट गएको खण्डमा मैकोटबाट झर्ने बेलासम्म १२ नं वडाका नागरिकले कागजातमा हस्ताक्षरको लागि गिरीलाई पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता घर्तीले बताए ।

प्रवक्ता घर्तीका अनुसार गाउँपालिकाको ५ र ६ नं वडामा स्वास्थ्यचौकी हुकामका इन्चार्ज हेमन्त बुढाथोकीले पञ्जीकरणको काम गर्दै आएका छन् । ७ र ८ नं वडामा स्वास्थ्य चौकी रिबाङचौर जाङका इन्चार्ज, १०, ११ र १३ नं वडामा स्वास्थ्यचौकी तकसेराका इञ्चार्ज कलिभान विष्ट र १४ नं वडामा स्वास्थ्यचौकी राङ्सीका इञ्चार्ज सरोज यादवले पञ्जीकरणको जिम्मेवारी सम्हाल्दै आएका छन् । भौगोलिक विकटता भएको यस क्षेत्रका नागरिक दुईतीन दिन लगाएर एउटा सिफारिस बोकेर रुकुमकोट पुग्ने र त्यही सिफारिस नमिल्दा सिफारिस बनाउन तीन दिन लगाएर मैकोटरपेल्मा फर्कनुपर्ने अवस्था रहेको छ ।

यता गाउँपालिका स्वास्थ्य संयोजक समीर गिरीले स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम सम्हाल्दा स्वास्थ्य क्षेत्रको काम प्रभावित हुने गरेको बताए । वडा सचिवविहीन हुँदा पञ्जीकरणको सबै काम अस्तव्यस्त हुने गरेको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताए । वडा सचिव नहुँदाखेरी नै यस गाउँपालिकाभित्रका धेरै नागरिकको समयमै मृत्यु, जन्म, विवाह दर्ता नहुने गरेको पाइएको छ । कतिपय नागरिकले उमेर पुगेर पनि वडाबाट आवश्यक कागजात नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको पाइएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । 

यस गाउँपालिकामा स्थानीय तहको चुनाव भइसकेपछि सुरुको वर्षमा १० नम्बर वडामा मात्र एक सचिव आएको र उनी पनि दुई चार महिना बसेर गएका थिए । त्यसपछि आजका दिनसम्म यस गाउँपालिकामा एक जना पनि वडा सचिव आएका छैनन् । पहिलो कार्यकालको स्थानीय सरकारले एक पटक दरबन्दी अनुसारको कर्मचारी माग गरी मन्त्रालयमा पठाएको थियो ।

कर्मचारी नपठाएपछि त्यसपछि भने गाउँपालिकाले कर्मचारी माग गर्नै छोड्यो । अहिले नयाँ जनप्रतिनिधि आएपछि भर्खरै मात्रामा गाउँपालिकाको रिक्त रहेको पदमा कर्मचारी माग गरी पठाएको गाउँपालिकाका अध्यक्ष घर्तीले बताए । गाउँपालिका पनि विगत तीन वर्षयता निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ । अहिले गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित लेखा, कृषि, पशु, शिक्षा, कम्युटर अपरेटरमा एकएक जना मात्र स्थायी कर्मचारी छन् । उनीहरु पनि सबै निमित्त हुन् । प्राविधिक शाखा सबै खाली छ । स्वास्थ्यमा २३ जना स्थायी कर्मचारी रहेका छन् ।

यस्तै गाउँपालिकाले गएको पाँच वर्षे कार्यकालमा भर्ना भएका सबै करार कर्मचारीको सम्झौता नवीकरण गरेको छैन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै करार सम्झौता नवीकरण नगरेको गाउँपालिकाले अहिले सबै कर्मचारी नयाँ भर्ना गरिरहेको छ । पहिलो चरणमा गाउँपालिकाले कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रको लागि १२६ जना करार कर्मचारीको माग गरेको थियो । अहिले यी क्षेत्रमा कर्मचारी व्यवस्थापनको लागि परीक्षाको काम चलिरहेको गाउँपालिकाले जनाएको छ । अन्य रिक्त विभिन्न पदमा पनि गाउँपालिकाले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: