सिन्धुपाल्चोक । गत वर्षको बाढीपछि अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि रु आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बाढीले पुरिएको बस्ती खोतल्दै स्थानीयवासी पुरानै थलोमा बस्न थालेका थिए, तर मेलम्ची बजार क्षेत्र फेरि जोखिममा परेको छ ।
खोलाको बग्ने धार परिवर्तन भइरहेको छ, जीर्ण बनेको झोलुङ्गे पुल फेरि बाढीको उच्च जोखिममा छ । केही दिनदेखिको वर्षाका कारण यसै पनि जोखिममा रहेको मेलम्ची बजार थप जोखिममा परेको छ । मेलम्ची नदीमा आइरहने बाढीले बस्तीका नागरिकमा त्रास थपेको छ । मेलम्ची नदीले धार बदलिरहेको छ ।
नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन् । जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन् । पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउछन् ।
नदीलाई पुरानै लयमा फर्काउनकै लागि गएको असार अन्तिमसम्म पनि खोलाभरि तटबन्धको काम चलेको थियो । तर खोलाले निरन्तर गेग्रान ल्याएर मेलम्ची दोभान क्षेत्रमा थुपारेपछि तटबन्ध पुरिएर खोला वारपार हुँदै बग्न थालेको छ । जसका कारण खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी खेर गएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ नदीले गर्ने क्षति नियन्त्रणका लागि अझै पनि काम भइरहेको बताउछन् ।
उहाँले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेको बताउनुभयो । लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन् । नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन ।
गत वर्षको बाढीपश्चात भूगर्भविद्हरूले मेलम्ची खोलाको तटीय क्षेत्रमा बसोबास नगर्न सुझाव दिएका छन् । तर पनि स्थानीयवासीले थातथलो नछाडेका कारण जनधनको क्षति हुनसक्नेतर्फ भने सबैको ध्यान पुग्न जरुरी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: