Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

युद्धले जटिल बनाउँदै अर्थतन्त्र, बाह्य परिस्थिति झन्-झन् चुनौतीपूर्ण

पाकिस्तान, श्रीलंका र बङ्ग्लादेशसँग नेपाली अर्थतन्त्रको तुलना

खबरडबली संवाददाता

काठमाडौं । श्रीलङ्काले गत मे महिनामा इतिहासमै पहिलो पटक ऋणको साँवाब्याज भुक्तानी समयमा गर्न सकेन। अहिले उसले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग आर्थिक उद्धार प्याकेजबारे सघन छलफल गरिरहेको छ।

धेरै ऋण अनि वैदेशिक मुद्राको तीव्र स्खलन बेहोरिरहेको पाकिस्तानले यसै महिना कोषसँग पहिल्यै गरिएको छ अर्ब डलर बराबरको आर्थिक उद्धार प्याकेजसम्बन्धी सहमतिलाई पुनर्जागृत गराएको छ।

केही वर्षयता दक्षिण एशियामा निरन्तर आर्थिक प्रगति गर्दै आएको बाङ्ग्लादेशले पनि हालै आईएमएफसँग साढे चार अर्ब डलर बराबर रकम बजेट सहायता तथा भुक्तानी सन्तुलन सहायताका निम्ति अनुरोध गरेको छ।

नेपालले भने अहिले त्यस्तो किसिमको सहायता मागेको छैन।

दक्षिण एशियाका अन्य तीन देशको अर्थतन्त्र समस्यामा परिरहँदा ती देशसँगको तुलनामा नेपालको अर्थतन्त्रको अवस्था कस्तो छ?

युद्धले जटिल बनाउँदै अर्थतन्त्र

कोभिडले दुई वर्ष थलिएका दक्षिण एशियाली यी देशका अर्थतन्त्रलाई यो वर्षको सुरु देखि युक्रेन युद्धका प्रभावले आक्रान्त पारिरहेको देखिन्छ।

खासगरी इन्धन र अन्य उपभोग्य सामग्रीका निम्ति आयातमा भर पर्ने यी देशलाई युद्धपछि अकासिएको विश्वव्यापी मूल्यवृद्धिले थिलोथिलो पारिरहेको छ।

आयातमा हुने खर्च बढेका कारण चारै वटा देशको विदेशी मुद्राको सञ्चितिमा दबाव परेको छ।

श्रीलङ्काको त उक्त सञ्चिति नै रित्तिन थालेपछि इन्धन, खानेकुरा र औषधिको अभाव भइसकेको छ। यही कारणले यी देशहरूको चालु खाता र भुक्तानी सन्तुलन खलबलिएको छ।

आफूलाई आवश्यक सेवा तथा वस्तु किन्न चाहिने पैसा र आफूले बेचेर कमाउने पैसाबीच सन्तुलन बिग्रिँदा त्यसले समष्टिगत आर्थिक स्थायित्व नै धरापमा पर्न सक्ने अर्थविद्हरू बताउँछन्।

तुलना

विदेशी तथा आन्तरिक दुवै गरी सार्वजनिक ऋणको दायित्वको मामिलामा पनि नेपाल सहज अवस्थामा छ।

नेपालको ऋण दायित्व बाङ्ग्लादेशको जस्तै कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत हाराहारी छ।

श्रीलङ्काको दायित्व जीडीपीको १२० प्रतिशत अनि पाकिस्तानको झन्डै ८५ प्रतिशत छ।

जोखिम

"दक्षिण एशियामा नेपाल समग्रमा राम्रो रहेको अवस्थाचाहिँ सरकारी बजेट स्थिति वा बजेट घाटाको स्थितिमा हो," पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा भन्छन्।

"यसमा हामी भारत, श्रीलङ्का र पाकिस्तानभन्दा राम्रो अवस्थामा छौँ। बजेट घाटा कम भएकै कारणले नेपालले ऋण पनि धेरै लिनुपरेको छैन।"

साथै मुद्रास्फीतिमा पनि अन्य दक्षिण एशियाली मुलुकको तुलनामा नेपाल ठिकै अवस्थामा रहेको उनी बताउँछन्।

तर पनि आर्थिक स्थायित्वको चित्रण गर्ने अन्य कतिपय परिसूचकहरू तुलना गर्दा नेपाल अलि सहज अवस्थामा नै रहेको देखिन्छ।

खासगरी विदेशी मुद्रा सञ्चितिमा नेपाल अझै पनि छ महिनाभन्दा बढी समयको आयात धान्न सक्ने स्थितिमा छ।

श्रीलङ्काको हकमा त्यो समयसुविधा हराइसकेको छ भने बाङ्ग्लादेशमा समेत तीनदेखि पाँच महिनाको मात्र आयात धान्न सक्ने अवस्था आइसकेको बताइन्छ।

नेपालभन्दा झन्डै १० गुणा ठूलो अर्थतन्त्रको आकार भएको पाकिस्तानको विदेशी विनिमय सञ्चिति अहिले नेपालको भन्दा केवल पाँच अर्ब डलर बढी करिब साढे १४ अर्ब डलर छ।

उक्त सञ्चितिले त्यहाँको केवल डेढ महिनाको मात्र आयात धान्न सक्ने बताइएको छ।
तर चालु खाता र भुक्तानी सन्तुलनको विषयमा चाहिँ नेपालको अवस्था नाजुक बन्दै गएको उनले बताए।

सामान्यतया वस्तु तथा सेवाको आयातमा बाहिरिने र निर्यातबाट भित्रिने रकमको अन्तर बुझाउने चालु खातामा नेपालको घाटा करिब छ खर्ब रुपैयाँ पुगेको छ। भुक्तानी सन्तुलनको घाटा पनि पौने तीन खर्ब रुपैयाँ पुगिसकेको छ।

"हाम्रो व्यापार घाटा कुल गार्हस्थ उत्पादन जीडीपीको ३५ प्रतिशत भनेको दक्षिण एशियाका अरू मुलुकभन्दा धेरै हो। चालु खाता घाटा पनि १२-१३ प्रतिशत पुगेको छ। यो शुभ सङ्केत होइन," डा. खतिवडाले भने।

"६-७ खर्बको चालु खाता घाटा पूर्ति गर्न कि ५-६ खर्ब ऋण अनि एक खर्ब जति विदेशी लगानी ल्याउन सक्नुपर्‍यो जुन सम्भव छैन।"

साथै कुल गार्हस्थ उत्पादनको तुलनामा सबभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल अगाडि रहेको अर्को जोखिम उनले औँल्याए।

अहिले नेपालको कर्जा प्रवाह उसको जीडिपीको हाराहारीमा पुगिसकेको भन्दै यसले वित्तीय फोका जस्ता समस्या आइपर्ने उनको भनाइ छ।

"जीडीपीको ११०-१२० प्रतिशत कर्जा प्रवाह भएका मुलुकहरू वित्तीय सङ्कटमा फसेका हामीले देखेका छौँ," उनले भने।

सुशासनको अभाव समस्या?

अहिले नेपालमा वित्तीयका अतिरिक्त राजनीतिक सुशासनको अभावले पनि आर्थिक सङ्कट निम्त्याउन सक्ने कतिपय विज्ञहरूले चेतावनी दिँदै आएका छन्।

नातावाद, कृपावाद, भ्रष्टाचार, बेथिति र जबाफदेहीपनको अभावमा नेपाल श्रीलङ्काभन्दा पछाडि नरहेको उनीहरूको भनाइ छ।

हालै बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको सहभागितालाई लिएर भएको संसदीय छानबिन र त्यस लगत्तै विवादमुक्त हुन नसकेकै व्यक्तिलाई अर्थमन्त्रीमा पुनर्नियुक्तीजस्ता विषयले राजनीतिक तहमा अर्थतन्त्रप्रति गैरजिम्मेवारपूर्ण व्यवहार भइरहेको देखाउने उनीहरू बताउँछन्।

"यस्ता घटनाले दुई वटा असर पर्न सक्छ। एक त पूरै राजनीतिक प्रणालीप्रति वितृष्णा जन्माएर सङ्कट ल्याउन सक्छ। अर्को यस्तो घटना नियालिरहेका बाह्य जगत्ले अब नेपालमा सहायता वा लगानी गर्नु अगाडि के सोच्लान्?" डा. खतिवडाले भने।

युक्रेन युद्ध चाँडो टुङ्गिने छाँटकाँट देखिएको छैन भने ताइवानलाई लिएर अमेरिका र चीनबीच बढ्ने तनावका असर विश्व अर्थतन्त्रमै पर्न सक्ने आकलन गरिएका छन्।

बाह्य परिस्थिति झन्-झन् चुनौतीपूर्ण भइरहेको बेला अर्थतन्त्रमा गम्भीर भएर पाइला चाल्नुपर्ने समय भने आइसकेको देखिन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending