Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

पर्वतमा विद्युत् सर्ट हुँदा एकको मृत्यु, १२ घाइते

खबरडबली संवाददाता
पर्वत । जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ धारापानी गाउँमा विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयवासी यामबहादुर केसीले बताए । स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काका अनुसार करेन्ट लागेर धारापानीकीे ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको छ ।
 
घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको उहाँले जानकारी दिए। उनका अनुसार करेन्ट लागेर १२ जना घाइते भएका छन् । हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुई सय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चँुडिएर स्थानीयवासी प्रताप आचार्यको फार्मका १६ बाख्रा मरेका छन् ।
 
विद्युत् कार्यालयको लारबाहीका कारण दुःखद् घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेका छन् । टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत् प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।
 
उता, नेपाल विद्युत् प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा दुई सय २० भोल्टेज प्रसारण हुनुपर्ने विद्युत्को तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताए। विद्युत प्रवाहमा देखिएको समस्या समाधानका लागि केही स्थानमा रुख हटाउन थालिएको बताए । रुखहरू हटाउने क्रममा फलामे पोलबाट एलटि लाइनमा विद्युत् लिकेज भएको हुनसक्ने उहाँले अनुमान गरे। 
 
कम्पोजिट एल्टीमा लाइनछिरेका कारण विद्युत् आपूर्तिमा समस्या भएको हुनसक्ने उनले अनुमान गरेका छन्। यस्तो घटना जम्पर लुज भएका कारण पनि विद्युत् प्रवाहमा समस्या आउनेसक्ने उनले बताए । 
 
घटनाको यथार्थ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै दुई सय २० भोल्टेज प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उनले अनुमान गरे। कार्यालय प्रमुख गोसेलीले प्रारम्भिक रूपमा दुई २० भोल्टेजभन्दा बढी चार सय ४० भोल्टेजसम्म पनि प्रवाह भएको हुनसक्ने तर कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुहान क्षेत्रका बासिन्दाले पानी नपाए मेलम्चीको आपूर्ति रोक्ने सांसद पाण्डेको चेतावनी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...

नख्खु कारागारबाट फरार प्रतिवादी मकवानपुरबाट पक्राउ

हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...

प्रतिनिधिसभामा विपक्षीको अडान कायम, प्रधानमन्त्रीसँग सदनमै जवाफ माग

काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कथित दोहोरो मापदण्ड अपनाएको सांसद राईको आरोप

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?

सांसद राईको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?

काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...

प्रशासकीय भवनबाट खसेका मजदुरको मृत्यु

बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा  मृत्यु भएको छ ।  मंगलवार बिहान ९:४० बजे बाह्...

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending