सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै घटनामा पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सप्तरी छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
गाउँको डिहबार थानको पूर्व रहेको पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर डुबेका बालकलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
यसैगरी विष्णुपुर गाउँपालिका–३ बस्ने सीताराम सदाको छोरा ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमा डुबेर मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ र ३ को सीमामा रहेको कट्टी मुसहरीस्थित सार्वजनिक पोखरीमा फुलेको कमलको फूल टिप्न गएका सदाको डुबेर मृत्यु भएको स्थानीयवासी राजेन्द्र सदाले बताए ।
घटनास्थलमा पुगेको बरख गणका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी सदालाई गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेकोमा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...
आषाढ़ २४ गते, २०८३ - १२:३९
काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...
आषाढ़ २४ गते, २०८३ - १२:२१
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान ९:४० बजे बाह्...
आषाढ़ २४ गते, २०८३ - १२:०९
काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...
आषाढ़ २४ गते, २०८३ - ११:५९
रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...
आषाढ़ २४ गते, २०८३ - ११:३०
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...



प्रतिकृया लेख्नुहोस्: