Khabar Dabali १५ आश्विन २०७९ शनिबार | 1st October, 2022 Sat

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनाः घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन्। 

गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पु¥याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ । 

गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म पु¥याउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले भएका छन् । रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले भएका छन् । जीपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जलवायु परिवर्तनका कारण खाद्य सङ्कट

काठमाडौ । विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य ...

दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

भक्तपुर । दुग्ध संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलयित प्रदा...

पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ । ...

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

दैलेख । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँ...

जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ: मन्त्री यादव

काठमाडौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छ्न । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्ली...

साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प

एजेन्सी । बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।केन...

यस बर्षको दशैंमा २२ अर्बको नयाँ नोट साटियो

काठमाडौ । यस बर्षको दसैंमा २२ अर्व रुपैयाँ सटही भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैं...

सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो :अध्ययन प्रतिवेदन

काठमाडौ । कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट...

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने : नेपाली आकाश सुरक्षित छ

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन ...

सामाजिक कार्यमा जुट्दै नेपाली सेना

डोटी । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयोे । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला स...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page