काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पाउने बहुमत रोक्न गठबन्धन बनाइएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाएका हुन् ।
ओलीले एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने भए पनि एमालेलाई रोक्न गठबन्धन भइरहेको बताएका हुन् । 'पाँच दलीयले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिराख्या छन् । यो गठबन्धन किन बनाउनुपर्यो, यति साह्रो गठबन्धन किन बनाउनुपर्यो ?,' चुनावमा आफ्नो गठबन्धन लिएर जानुपर्ने र चुनावपछि कसको सरकार बनाउने भन्ने गठबन्धनमा जानुपर्ने उनको भनाइ थियो । 'एमालेलाई बहुमत ल्याउन रोक्नका लागि यो गठबन्धन हो,' उनले थपे ।
एमालेले मात्रै सुखी नेपाली समृद्ध नेपाल बनाउने भनेर जनताले बुझेको दाबी गरे । उनले साहित्यकार, मजदुर, किसान, प्राध्यापक, सेना प्रहरी, कर्मचारी सबैको भावना नेकपा एमाले विजयी हुनुपर्दछ भन्ने रहेको बताए । नेपाललाई ओरालो लाग्नबाट बचाउन र देश बनाउनका लागि एमाले चाहिने उल्लेख गरे । अध्यक्ष ओलीले नेपालमा जातीय द्वन्द्व गराउन खोजे पनि असफल भएको बताए । उनले रुवान्डामा हुतु र तुत्सी जातीको लडाइँको प्रसङ्ग निकाल्दै अहिले उनीहरूले बनाएको संविधानमा जातको उल्लेख गर्न नपर्ने व्यवस्था गरेको बताए । उनले जातको आधारमा राजनीति गर्न नहुनेमा जोड दिए ।
उनले शेर्पा जाती कुवाको भ्यागुतो जस्तो नभई आकाशमा उड्ने बाजजस्तो शक्तिशाली भएको बताए । यति उचाइमा शेर्पा कसरी बस्छ भनेर अहिले उनीहरूको फोक्सो परीक्षण भइरहेको, रगत जाँचको काम भइरहेको समेत दाबी गरे । उनले सबैभन्दा पहिला शेर्पा नपुगीकन अरू सगरमाथामा पुग्न नसकेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १४ गते, २०८० - १७:५०
नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ ९सापू० रोगका बिरामी देखा पर्न थाल...
आश्विन १४ गते, २०८० - १७:१९
काठमाडौँ । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विका...
आश्विन १४ गते, २०८० - १७:०८
काठमाडौँ । अभिनेता अनमोल केसीलाई म्याद थपका लागी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा ...
आश्विन १४ गते, २०८० - १६:५३
काठमाडौँ । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवा...
आश्विन १४ गते, २०८० - १६:४८
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१, लामबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो बरामद गरेको सुनको अनुसन्धा...
आश्विन १४ गते, २०८० - १६:४०
सप्तरी । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा सम...
आश्विन १४ गते, २०८० - १६:२७
इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ ...
आश्विन १४ गते, २०८० - १६:१९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन...
आश्विन १४ गते, २०८० - १६:०७
काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपतिबीचको भेटवार्तापछि नेपाल-चीन सम्बन्धका सबै संशयहरू निवारण भ...
आश्विन १४ गते, २०८० - १५:५६
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा ...
प्रतिकृया लेख्नुहोस्: