Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

माओवादीमा स्थानीय निर्वाचनमा भएको भनिएको अन्तरघातमा को–को मुछिए, को–को चोखिए ?

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको भनिएको अन्तरघातबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको समितिले आफ्नो काम पुरा गरेको छ।  पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा अन्तर्घात छानविन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।  

अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पार्टीको बैठकमा कुरा उठेको थियो । विशेषगरी मधेस प्रदेशमा मातृका यादव र गिरिजामणि पोखरेललगायतका शीर्ष नेता यसमा मुछिएका थिए । तर, छानविन समितिले शीर्ष नेतालाई चोख्याउन खोजेको देखिएको छ। अर्थात समितिले अन्तरघातमा केन्द्रीय नेताको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ । छानविन समितिको प्रारम्भिक रिपोर्टमा अन्तर्घातमा केन्द्रीय नेताको संलग्नता पुष्टि नभएपनि स्थानीय नेताहरुको भने उल्लेख्य संलग्नता देखिएको अध्यक्ष राईले जानकारी दिए । 

छानविन समितिले यही हप्ता आफ्नो रिपोर्ट स्थायी समितिलाई बुझाउने तयारी गरेको अध्यक्ष राईले बताए । ‘स्थानीय चुनावमा बर्दिया, उदयपुर, सिरहा, महोत्तरी, ताप्लेजुङ, अछाम, दाङ लगायत जिल्लामा अन्तर्घात भएको छ । बागी उठ्ने, असहयोग गर्ने विरोधीलाई सघाउन लगायतका प्रवृत्ति देखा परेका छन्’ राईले भने,  ‘अन्तर्घातमा शीर्ष नेताहरुको संलग्नता पुष्टि हुन सकेको छैन । त्यसरी पुष्टि हुनेगरी प्रमाण फेला परेका छैनन् । स्थानीय अन्तरद्वन्द्वले तल्लो तहका थुप्रै नेता कार्यकर्ताको संलग्नता भएको पाइयो ।’ अन्तर्घातमा संलग्न हुनेलाई कारवाही गर्न सिफारिस गरिने राईले बताए । 

छानविन समितिले आफ्नो रिपोर्ट तयार पार्ने क्रममा फोन सम्पर्कसहित इमेल र प्रत्यक्ष भेटघाट गरेको थियो । ‘हामीले अन्तर्घात छानविन गर्नेक्रममा फोन सम्पर्क, इमेल, प्रत्यक्ष भेटघाट र स्थलगत अवलोकन गरेका छौँ’ राईले भने, ‘अन्तर्घातको मसिनोगरी अध्ययन गर्नुपर्ने भएपछि उदयपुर, सुन्सरी, मोरङ, सिरहा, महोत्तरी , बर्दिया, दाङ लगायत जिल्लामा पुग्यौँ ।’ छानविन समितिले अन्तर्घात हुँदा २० देखि २५ सिट नोक्सान भएको निष्कर्ष निकालेको छ । यदि पार्टीभित्र अन्तर्घात नभएको भए माओवादीले १५० स्थानीय तह जित्ने आफूहरुको अध्ययनले देखेको उनको भनाइ छ ।

सबैभन्दा बढी अन्तर्घात मधेस प्रदेशमा भएको छ । मधेसमा पार्टीको कमिटी नहुँदा २०७४ सालमा २१ तह जितेकोमा गत वैशाख ३० गते ९ तह मात्रै जित्न सफल भएको छ ।रातोपाटीबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराटनगरको रानी क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

विराटनगर। विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच विवाद भएपछि तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर...

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्...

गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति कांग्रेसको आपत्ति

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका न...

गण्डकी प्रदेशसभा अधिवेशन ७ गतेदेखि आव्हान

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन...

साउदीलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो...

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम-२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको का...

इलाम २ र बझाङ प्रदेश १ को उपनिर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ ।  निर्...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी...

सल्यान दुर्घटना अपडेटः गम्भीर घाइते चार जनालाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । इलाका प्रहरी कार्यालय थारमारे...

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक व...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies