Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो, आर्थिक संकटको चिन्ता !

'सरकारले तुरुन्तै इन्धनको मूल्य घटाएन भने हामी भोकै मर्नेछौँ'

खबरडबली संवाददाता

काठमाडौं । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने बाङ्ग्लादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

उसले तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको बताएको छ। दक्षिण एशियाको योप अर्को देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने देखिएको बेला हजारौँ मानिसहरू सडकमा प्रदर्शन गरिरहेका छन्।

तरकारी बोक्ने आफ्नो ट्रकका लागि पेट्रोल भर्न लाम लागेका मोहम्मद नुरुल इस्लाम आफूले सडकमा माग्नुपर्ने हो कि भनेर डर लागेको बताउँछन्।

बाङ्ग्लादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ।

डीजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ। निरन्तर उकालो लागेको इन्धनको मूल्यले नौ वर्षदेखि एउटा परिवहन कम्पनीमा काम गरिरहेका मोहम्मदलाई दैनिक जीविकोपार्जन गर्न कठिन बनाइदिइएको छ।

'रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ'

उत्तरी सहर दिनाजपुरमा बस्ने ३५ वर्षीय मोहम्मद आफ्नो गृहनगरबाट ताजा तरकारी राजधानी ढाकासम्म लैजान्छन्।

उनका दुईवटा साना नानीहरू छन् र उनले आफ्ना आमाबुवाको पनि हेरचाह गर्नुपर्छ। तर तेलको मूल्य बढेसँगै उनका साहुहरूले उनलाई तलम पूरा दिन सकिरहेका छैनन्।

उनले भने, 'बजार गएको बेला म आफ्नो परिवारलाई चाहिने पर्याप्त खानेकुरा किन्न सक्दिनँ। यदि इन्धनको मूल्य यसरी नै बढिरह्यो भने म आमाबुवालाई पाल्न र बच्चाहरूलाई विद्यालय पठाउन सक्दिनँ। मेरो रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ।'

झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको बाङ्ग्लादेशमा अरू धेरै मानिसहरूले यस्तै समस्या भोगिरहेका छन्।

के भन्छ सरकार ?

अरू धेरै देशजस्तै रुसले युक्रेनमा अतिक्रमण गरेयता विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बाङ्ग्लादेश पनि प्रभावित भयो।

'हामीलाई थाहा छ मूल्यवृद्धि ठूलो हो तर विदेशमा नै इन्धनको मूल्य बढेपछि हामी के गर्न सक्छौँ?' बाङ्ग्लादेशका ऊर्जामन्त्री नसरुल हमिदले  बाङ्ग्लासँग भने।

सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उनले भने विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताए।

'यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौँ।'

बढ्दो आक्रोश

गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो।

बाङ्ग्लादेशमा छिटपुट प्रदर्शनहरू भइरहेका छन् तर आक्रोश र आवेगको भावना बढिरहेको छ।

नसरुल हमिद आफ्नो देशले श्रीलङ्काको जस्तो अवस्था भोग्नु नपर्ने विश्वास गर्छन्। तर बाङ्ग्लादेशमा विदेशी मुद्राको सञ्चिति कम भइरहेको छ।

विश्वकै द्रुत गतिमा अर्थतन्त्र वृद्धि भइरहको भन्दै प्रशंसा पाएको बाङ्ग्लादेश गएको जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने श्रीलङ्का र पाकिस्तानपछि तेस्रो दक्षिण एशियाली देश बनेको थियो।

तर बिरामी सन्तानलाई उपचार गराउन यातायत खर्चको जोहो पनि गर्न नसक्ने मोसाम्मद जाकिया सुल्तानाका लागि कुनै पनि सहयोग ढिला भइरहेको छ।

इन्धनको चर्को मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको शुल्क पनि बढेको छ। त्यसैले उनी अत्यावश्यक यात्रा मात्रै गर्दै आएकी छन्।

उनले बीबीसीसँग आफ्नी किशोरी छोरीलाई अस्पतालमा लैजाने क्रममा बसमा यात्रा गरिरहेका बेला कुराकानी गरेकी थिइन्।

उनका अनुसार हालै खानेकुरामा भएको मूल्यवृद्धिले उनलाई नराम्रोसँग प्रभावित पारेको छ।

“बस भाडा मात्रै बढेको छैन, बजारमा सबै कुराको मूल्यवृद्धि भएको छ जसका कारण मलाई परिवारको खर्च धान्न धौधौ भइरहेको छ।”

पेट पाल्नै कठिन

दिनाजपुरका विकट भेगहरूमा पनि यस्तै पीडा सुनिन्छन्। शेउली हाज्दा धान उत्पादन हुने फूलबारी जिल्लामा रहेका खेतहरूमा काम गर्छिन्।

उनले आफैँले खेतमा लगाएका अन्न आफूले किन्न नसक्ने बताइन्।

“अकस्मात् इन्धनको मूल्यमा वृद्धि भएसँगै खेती गर्नुको लागत एकदमै महँगो भएको छ।”

“हाम्रो तलबले हाम्रो गुजारा पनि चल्दैन। सबै कुरा एकदमै महँगो भएको छ। हामी हाम्रा बच्चाहरूलाई खुवाउन पुग्ने पर्याप्त खाद्यान्न पनि किन्न सक्दैनौँ।”

बाङ्ग्लादेशमा जीवनयापनको खर्च बढिरहँदा शेउलीजस्ता मानिसहरू आफ्नो आम्दानीको कुनै मूल्य नरहेको बताउँछन्।

उनले भनिन्, 'यदि सरकारले तुरुन्तै इन्धनको मूल्य घटाएन भने हामी भोकै मर्नेछौँ।' बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending