Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो, आर्थिक संकटको चिन्ता !

'सरकारले तुरुन्तै इन्धनको मूल्य घटाएन भने हामी भोकै मर्नेछौँ'

खबरडबली संवाददाता

काठमाडौं । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने बाङ्ग्लादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

उसले तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको बताएको छ। दक्षिण एशियाको योप अर्को देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने देखिएको बेला हजारौँ मानिसहरू सडकमा प्रदर्शन गरिरहेका छन्।

तरकारी बोक्ने आफ्नो ट्रकका लागि पेट्रोल भर्न लाम लागेका मोहम्मद नुरुल इस्लाम आफूले सडकमा माग्नुपर्ने हो कि भनेर डर लागेको बताउँछन्।

बाङ्ग्लादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ।

डीजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ। निरन्तर उकालो लागेको इन्धनको मूल्यले नौ वर्षदेखि एउटा परिवहन कम्पनीमा काम गरिरहेका मोहम्मदलाई दैनिक जीविकोपार्जन गर्न कठिन बनाइदिइएको छ।

'रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ'

उत्तरी सहर दिनाजपुरमा बस्ने ३५ वर्षीय मोहम्मद आफ्नो गृहनगरबाट ताजा तरकारी राजधानी ढाकासम्म लैजान्छन्।

उनका दुईवटा साना नानीहरू छन् र उनले आफ्ना आमाबुवाको पनि हेरचाह गर्नुपर्छ। तर तेलको मूल्य बढेसँगै उनका साहुहरूले उनलाई तलम पूरा दिन सकिरहेका छैनन्।

उनले भने, 'बजार गएको बेला म आफ्नो परिवारलाई चाहिने पर्याप्त खानेकुरा किन्न सक्दिनँ। यदि इन्धनको मूल्य यसरी नै बढिरह्यो भने म आमाबुवालाई पाल्न र बच्चाहरूलाई विद्यालय पठाउन सक्दिनँ। मेरो रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ।'

झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको बाङ्ग्लादेशमा अरू धेरै मानिसहरूले यस्तै समस्या भोगिरहेका छन्।

के भन्छ सरकार ?

अरू धेरै देशजस्तै रुसले युक्रेनमा अतिक्रमण गरेयता विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बाङ्ग्लादेश पनि प्रभावित भयो।

'हामीलाई थाहा छ मूल्यवृद्धि ठूलो हो तर विदेशमा नै इन्धनको मूल्य बढेपछि हामी के गर्न सक्छौँ?' बाङ्ग्लादेशका ऊर्जामन्त्री नसरुल हमिदले  बाङ्ग्लासँग भने।

सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उनले भने विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताए।

'यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौँ।'

बढ्दो आक्रोश

गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो।

बाङ्ग्लादेशमा छिटपुट प्रदर्शनहरू भइरहेका छन् तर आक्रोश र आवेगको भावना बढिरहेको छ।

नसरुल हमिद आफ्नो देशले श्रीलङ्काको जस्तो अवस्था भोग्नु नपर्ने विश्वास गर्छन्। तर बाङ्ग्लादेशमा विदेशी मुद्राको सञ्चिति कम भइरहेको छ।

विश्वकै द्रुत गतिमा अर्थतन्त्र वृद्धि भइरहको भन्दै प्रशंसा पाएको बाङ्ग्लादेश गएको जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने श्रीलङ्का र पाकिस्तानपछि तेस्रो दक्षिण एशियाली देश बनेको थियो।

तर बिरामी सन्तानलाई उपचार गराउन यातायत खर्चको जोहो पनि गर्न नसक्ने मोसाम्मद जाकिया सुल्तानाका लागि कुनै पनि सहयोग ढिला भइरहेको छ।

इन्धनको चर्को मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको शुल्क पनि बढेको छ। त्यसैले उनी अत्यावश्यक यात्रा मात्रै गर्दै आएकी छन्।

उनले बीबीसीसँग आफ्नी किशोरी छोरीलाई अस्पतालमा लैजाने क्रममा बसमा यात्रा गरिरहेका बेला कुराकानी गरेकी थिइन्।

उनका अनुसार हालै खानेकुरामा भएको मूल्यवृद्धिले उनलाई नराम्रोसँग प्रभावित पारेको छ।

“बस भाडा मात्रै बढेको छैन, बजारमा सबै कुराको मूल्यवृद्धि भएको छ जसका कारण मलाई परिवारको खर्च धान्न धौधौ भइरहेको छ।”

पेट पाल्नै कठिन

दिनाजपुरका विकट भेगहरूमा पनि यस्तै पीडा सुनिन्छन्। शेउली हाज्दा धान उत्पादन हुने फूलबारी जिल्लामा रहेका खेतहरूमा काम गर्छिन्।

उनले आफैँले खेतमा लगाएका अन्न आफूले किन्न नसक्ने बताइन्।

“अकस्मात् इन्धनको मूल्यमा वृद्धि भएसँगै खेती गर्नुको लागत एकदमै महँगो भएको छ।”

“हाम्रो तलबले हाम्रो गुजारा पनि चल्दैन। सबै कुरा एकदमै महँगो भएको छ। हामी हाम्रा बच्चाहरूलाई खुवाउन पुग्ने पर्याप्त खाद्यान्न पनि किन्न सक्दैनौँ।”

बाङ्ग्लादेशमा जीवनयापनको खर्च बढिरहँदा शेउलीजस्ता मानिसहरू आफ्नो आम्दानीको कुनै मूल्य नरहेको बताउँछन्।

उनले भनिन्, 'यदि सरकारले तुरुन्तै इन्धनको मूल्य घटाएन भने हामी भोकै मर्नेछौँ।' बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending