Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नागरिकता विधेयक : बहुमतमाथि अल्पमतको रजाइँ, सरकारको लाचार छाया

राष्ट्रपतिको कदमपछि सत्तापक्षबाटै 'उल्ट्याउन जोडबल'

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन विधेयक फिर्ता गरिदिएपछि सत्तापक्षकै कतिपय दल र नेताहरूबाट साथ पाएकी छन्।

नेकपा एमाले लगायतका कतिपय विपक्षी दलले राष्ट्रपतिको कदमको स्वागत गर्दा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको तर्फबाट असन्तुष्टि प्रकट भएको छ।

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिले फिर्ता गरिदिएको तर्कबारे आफू जानकार नभएको बताए तर 'उक्त विधेयकमा राष्ट्रिय सहमति आवश्यक रहेको' भन्दै पुनर्विचार गरिनुपर्नेतर्फ सङ्केत दिए।

राष्ट्रपतिले संसद्‌का दुवै सदनको बहुमतबाट पारित विधेयकलाई प्रमाणीकरण नगरी आइतवार संसद्‌मै फिर्ता पठाएकी हुन्।

राष्ट्रपतिको 'संवैधानिक अधिकार'

कतिपय दल र नेताले उनको भूमिका सन्तुलित नभएको टिप्पणी गरेको पाइन्छ।

तर खनालको दलका प्रवक्ता जगन्नाथ खतिवडाका बुझाइमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गरेर विधेयक फिर्ता पठाएकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार 'सङ्घीय संस‌द्‌बाट पुनर्विचार हुन आवश्यक देखिएको' ठम्याइका साथ राष्ट्रपतिले विधेयक फिर्ता पठाएकी हुन्। त्यस क्रममा उनले केही सन्देश पनि दिएकी छन्।

'सन्देश' भनिएका ती कारणहरूको औचित्य, महत्त्व र गम्भीरताबारे पाँचदलीय गठबन्धन र सरकारमा छलफल भएर एउटा सहमति हुनुपर्ने नेता खतिवडाको भनाइ छ।

उनले भने, "सहमति बनाएर फेरि सरकारले विधेयक लग्नुपर्‍यो, संसद्ले पुनर्विचार गर्ने हो भने गठबन्धनले छलफल गरेर मात्रै किनारा लाग्ने विषय हो।"

वैवाहिक अङ्गीकृतलाई समय सीमा

अहिलेको नागरिकता ऐनमा विवाह गरेर बुहारीको रूपमा आउने विदेशीले तत्काल वैवाहिक अङ्गीकृत नागरिकता पाउने सुविधा छ।

तर अघिल्लो सरकारले कानुन संशोधन गर्न भनी लगेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफल भएर उसले प्रतिवेदन पनि दिएको थियो।

उक्त समितिको प्रतिवेदनमा भनिएको थियो, "नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अङ्गीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।"

नेकपा विभाजित भएपछि तीन चिरामा बाँडिएका कम्युनिस्ट पार्टीका सांसदहरू उस बेला एक ठाउँमा रहेकाले समितिको बहुमतले उक्त व्यवस्था पारित गरेको थियो।

देउवा सरकारले उक्त संशोधन विधेयक फिर्ता लिएर समितिको सिफारिसलाई बेवास्ता गर्दै अर्को विधेयक दर्ता गरेको थियो।

बहुमतमाथि अल्पमतको रजाइँ?

तर उस बेला समितिको सिफारिसलाई साथ दिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरू अहिले सत्तामा छन्। ध्वनिमतको आधारमा उक्त विधेयक पारित गरियो।

त्यसमा सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राख्नुपर्ने सिफारिस समेटिएको छैन।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विधेयक पारित भएलगत्तै असन्तुष्टि व्यक्त गरेका थिए।

"नेपाली महिला छोरी, दिदी बहिनीहरूले विदेशी पुरुषसँग विवाह गरेकोमा छिमेकी देशहरूले सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने गरेको व्यवस्था समेतलाई ध्यान दिएर" त्यस्तो प्रावधान सिफारिस गरिएको उनको तर्क छ।

तर विधेयक पारित गर्न अवलम्बन गरिएको प्रक्रिया र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा राखिएको व्यवस्था दुवैलाई उनले गलत मानेका छन्।

नेता श्रेष्ठले सत्ताको आडमा नेपाली कांग्रेसले समितिको अल्पमतको धारणा विधेयकमार्फत् पारित गराएको आरोप लगाए।

'सरकारको लाचार छाया'

समितिले नागरिकता नपाउँदासम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगको बाटो खुला गर्न स्थायी आवासीय अनुमतिपत्र दिने व्यवस्था पनि सिफारिस गरेको थियो।

समितिमा सदस्य रहेकी नेकपा माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले सरकारले संशोधन गर्न चाहेमा राम्रै होला भन्ने लागेको बताइन्।

यस विषयमा धारणा बनाउन पार्टीको बैठक नभएको उल्लेख गर्दै उनले भनिन्, "तर सरकारले पुनर्विचार गर्न चाहेन भने त प्रक्रियागत हिसाबले अहिले संसद् र सांसदहरू त सरकारको लाचार छाया मात्रै भएका त छन्।"

अन्यथा वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्था र उत्पीडित अनि उपेक्षित समुदायका मानिसको थर नागरिकतामा परिवर्तन गर्न सक्ने व्यवस्था ऐनमा राख्न चाहेको उनको भनाइ छ।

लैङ्गिक समानताको दृष्टिले नागरिकता विधेयक सम्मानजनक नरहेको आवाज पनि जोडदार रूपमा उठेको छ।

त्यसैले राष्ट्रिय सहमतिको आधारमा विधेयकबारे टुङ्गो लगाउनुपर्ने नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको मतले सत्ता पक्षभित्रै राष्ट्रपतिको कदमसँगै विधेयक उल्टाउने पक्षमा जोडबल पुग्ने कतिपयको विश्लेषण पाइन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending