Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

खबरडबली संवाददाता

कैलाली । कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । 

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । 

टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो ।  बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो बिसेक  भए पनि खोकी एक साताभन्दा बढी समयसम्म रह्यो । बच्चासँगै आमा र घरका अन्य सदस्यलाई पनि रुघाखोकी र ज्वरोले सतायो । “परिवारका सबैलाई च्याप्यो, रुघाखोकी र ज्वरोका कारण बच्चालाई एक साता विद्यालय पठाएनौँ”, विकले भने ।

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका छन् । परिवारका पूरै सदस्य बिरामी भएको पाइएको सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाहले बताए। 

“विगतमा दैनिक ३५ जनासम्म बिरामी आउँथे, हाल दैनिक ६० बिरामीको उपचार गर्नुपरिरहेको छ”, उनले भने, “बिरामी एकै घरका बच्चादेखि वृद्धसम्म रहेका छन् ।”
 
यस्तै मनिकापुर सहरी स्वास्थ केन्द्रमा पनि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । स्वास्थ्यकर्मी कविता खड्काका अनुसार विगतका तुलनामा बिरामी बढी आउने गरेका छन् । “बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण छन्”, उनी भन्छन्, “खोप लगाइसकेका छौँ भनेर उनीहरु ढुक्क छन् ।”

सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायतले बताए। विगतभन्दा दोब्बर बिरामी बढेका छन् । सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या छ”, उनले भने। 

बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन स्वास्थ्यकर्मीले सुझाव दिने गरेका छन् । 

धनसिंहपुर स्वास्थ्यचौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए। “बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्”, उनले भने। 

टीकापुर अस्पतालका डा संवाद खरेल आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरल ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र केही स्क्रब टाइफसका लक्षण भएका बिरामी आउने गरेका बताए।  “बिरामी बढेका छन्, सबैमा एकनास लक्षण छन्”, उनले भने। 

कैलालीका पालिकाले अनिवार्य मास्क प्रयोग गर्न, शङ्का लागेमा कोभिड परीक्षण गर्न तथा उपचारमा ध्यान दिन आग्रह गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending