Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मुलुकमा उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथी विभागको संयुक्त आयोजनामा ‘नेपालमा खाद्य सुरक्षाको अवस्था’ विषयक दुईदिने सेमिनारको आज समापन समारोहलाई समबोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकभित्रै पर्याप्त मात्रामा खाद्य उत्पादन गर्न सकिने प्रशस्त सम्भावना भएर पनि उक्त क्षमताको भरपुर सदुपयोग हुने नसकेको उल्लेख गरे।

“नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने चामल, गहुँ, मकै र तरकारीजस्ता खाद्यवस्तु पनि विदेशबाट आयात गरेर खानुपर्ने स्थिति हामी सबैका लागि चिन्ताको विषय हो”, प्रधानमन्त्री देउवाले भने, “यसले मुलुकको व्यापार घाटालाई समेत उच्च बनाउँदै लगेको छ ।”

उहाँले यो स्थितिमा सुधार ल्याउन मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी खाद्यमा सबैको पहुँच र आन्तरिक खाद्यको मागलाई स्वदेशभित्रबाटै पूर्ति गर्न प्रेरित हुन आवश्यक रहेको बताए। नेपालको कूल जनसङ्ख्याको दुईतिहाइभन्दा बढी हिस्सा कृषिमा आश्रित भए तापनि खाद्य उत्पादनका हिसाबले संसारकै कमजोर रहेको पनि उनले बताए ।

प्रधानमन्त्री देउवाले मुलुकभित्रै पर्याप्त मात्रामा धान, गहुँ, जौ, मकैजस्ता खाद्यान्न बाली, फलफूल तथा तरकारीजस्ता बागवानीजन्य वस्तु उत्पादन गर्न सकिने सम्भावनाको सदुपयोग गर्न नसकिएको प्रति चिन्ता प्रकट गरे।

उनले परम्परागत खेती, सिँचाइ तथा मलखादको अपर्याप्तता, जमिनको खण्डीकरण, कृषि, श्रमिक, उन्नत बीउबिजनको अभाव, बेमौसमी वर्षा र उत्पादित वस्तुको उचित बजारीकरण हुन नसक्दा केही वर्षयता खाद्यान्नको उत्पादनमा कमी हुँदै आइरहेको जानकारी गराउनुभयो । खाद्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण देखिएको मुख्य खाद्य वस्तुको बाली विस्तार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिए । 

“यसका लागि नेपाल सरकारले कार्यान्वयनमा ल्याएको कृषि आधुनिकीकरण परियोजनामार्फत चैते र बर्खे धान उत्पादनजस्ता कार्यक्रमबाट खाद्य सुरक्षासम्बन्धी समस्यालाई समाधान गर्न केही हदसम्म मद्दत मिल्ने विश्वास छ”, प्रधानमन्त्री देउवाले भने।

उनले खाद्य सुरक्षाजस्तो समसामयिक विषयमा विज्ञ सरोकारवाला निकायका प्रतिनिधि सहभागी गराई महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्प्रति आभार व्यक्त गरे। 

प्रधानमन्त्री देउवाले स्वास्थ्य र क्रियाशील जीवन जिउनका लागि सन्तुलित पोषणयुक्त खाद्य पदार्थ महत्वपूर्ण हुने बताउनुभयो । खाद्यको उच्च महत्वलाई हृदयङ्गम गरी नेपालको संविधानले खाद्य सम्प्रभुताको हकलाई नागरिकको मौलिक हकका रूपमा राखेको पनि उहाँले स्मरण गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

जसपाले शुक्रबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त, ७ सेल अश्रुग्यास प्रहार

धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।   प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...

मोदी र गान्धीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले जारी गर्याे नोटिस

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...

क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ ...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies