Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

शून्य लागतमा मलेसियामा रोजगारी

खबरडबली संवाददाता
काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । 
मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । 
 
सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् । सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने घोषणा गरेको छ । दोस्रो चरणमा थप एक हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले बताए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने उनको भनाइ छ । श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौँसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बीमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ । 
 
सो कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ ९आरबिए० मा आबद्ध छ । आरबिएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबिए र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताए । 
 
नेपाली श्रमिकले न्यूनतम् एक हजार ५०० मलेसियन रिङ्गेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उनले जानकारी दिए। नेपाली श्रमिकले मलेसियाका श्रम कानुन अनुसारका सुविधा प्राप्त गर्नेछन् । 
 
ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यता अनुसार नै श्रमिक पठाइने बताए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending