काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन्।
देउवालाई भेट्न बिहीबार विहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए।
'तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,' भेटपछि लोसपाका नेता महतोले भने, 'प्रधानमन्त्रीज्यूले यसबारेमा एक/दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ।'
लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएको महतोले बताए। 'प्रधानमन्त्रीज्यू लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन सकारात्मक हुनुहन्छ। उहाँ (देउवा)ले यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरूसँग छलफल गरी जवाफ दिन्छु भन्नुभएको छ,' महतोले भने। यो समाचारनागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०९:३५
हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - ०९:२७
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...
आश्विन ४ गते, २०८१ - ०९:२४
काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...
आश्विन ४ गते, २०८१ - ०९:१४
अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
प्रतिकृया लेख्नुहोस्: