Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

प्रचण्डलाई चितवन-३ बाट पन्छाउन खोज्दै कांग्रेस

स्वर्णिम वाग्लेदेखि उमेश श्रेष्ठसम्मको चर्चा, सबै क्षेत्र गुम्ने सक्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ । चुनाव नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवनका एकथरी नेताहरू चिन्तामा देखिन्छन्।

त्यसको एउटा कारण हो - फेरि पनि क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनको तर्फबाट उठ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी।

लामो समय जिल्ला विकास समितिको सभापति रहेका कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले उक्त क्षेत्र आफ्नो पार्टीलाई दिइनुपर्ने बताए।

उक्त क्षेत्रमा प्रतिनिधित्व गर्ने नेता गुरुङले भने, 'भरतपुर महानगरमा दुई-दुई पटक माओवादीलाई छोड्यौँ, प्रचण्डलाई ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउने हो भने चितवनमा कांग्रेस नरहने भयो। त्यसैले त्यो क्षेत्र हामीलाई दिनुपर्छ।'

प्रचण्डले छोड्लान् त?

चितवनका तीन क्षेत्रमध्ये सत्ता गठबन्धन तुलनात्मक रूपमा सबैभन्दा बलियो रहेको तीन नम्बरलाई नै मानिन्छ। अघिल्लो चुनावमा नेकपा एमालेसँग तालमेल गरेका प्रचण्डले त्यही क्षेत्रबाट जितेका हुन्।

झन्डै १०,००० मतको अन्तरले उनले राप्रपाका विक्रम पाण्डेलाई पराजित गरेका थिए। प्रचण्डले ४८,२७६ र पाण्डेले ३८,९३५ भोट पाएका थिए।

माओवादी नेता नारायण दाहालका अनुसार प्रचण्डले क्षेत्र परिवर्तन गर्ने सम्भावना छैन।

प्रचण्डका भाइ पर्ने उनले भने, "तलका कोहीकोहीले भनेका होलान्, कांग्रेसको नेतृत्व तहबाट त्यस्तो कुरा पनि आएको छैन। त्यो सम्भव छैन। तीन नम्बरबाट नै लड्नुहुन्छ।"

यसअघि प्रचण्ड रोल्पा, काठमाण्डू र सिराहाबाट उम्मेदवार बनेका थिए।

'हैसियत तेस्रो तर टिकट प्रचण्डलाई नै?'

कतिपय माओवादी नेताहरूले 'प्रचण्डलाई जोखिमपूर्ण क्षेत्रमा पठाउने कांग्रेसका स्थानीय नेताहरूको चेष्टा' रहेको ठानेको पाइन्छ।

भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वटा वडा र नौवटा वडा रहेको माडी नगरपालिका उक्त क्षेत्रमा पर्छन्।

गत स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको कुल मतपरिणाम हेर्दा त्यहाँ सत्तापक्षका तीन प्रमुख दलले ४५,३२० मत पाएका थिए। नेकपा एमालेले २९,८५१ र राप्रपाले ६,१९८ भोट पाएका छन्।

दलगत रूपमा कांग्रेस २९,३४३ मतका साथ दोस्रो र माओवादी १०,९४० मतका साथ तेस्रो स्थानमा छन्। एकीकृत समाजवादीले ५,०३७ मत पाएको थियो।

यद्यपि उक्त मतपरिणामले सत्तापक्षीय गठबन्धनका दलहरूको वास्तविक हैसियत भने दर्साउँदैन।

माडी र भरतपुरको अस्पष्ट चित्र

किनकि त्यस क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वटा वडामध्ये १३ वडाध्यक्षमा मात्र उम्मेदवारी दिएको कांग्रेसले २६,७६२ मत, पाँचवटा वडामा अध्यक्षका उम्मेदवार बनाएको माओवादीले ७,१०० मत र तीन वडामा अध्यक्षको उम्मेदवार बनाएको नेकपा एकीकृत समाजवादीले ३,४४९ मत पाएका थिए।

एमालेले १८ वडामा उम्मेदवार बनाएर २४,५७३ मत र सात वटा वडाध्यक्ष उठाएको राप्रपाले एक हजार ९२८ मत पाएको थियो।

माडीका नौ वडामध्ये सबैमा उम्मेदवारी दिएका दलहरूमा एमाले ५,२७८ मतका साथ पहिलो र ४,२७० मतका साथ राप्रपा दोस्रो स्थानमा रहे।

चार-चार वटा वडामा उम्मेदवारी दिएका माओवादीले ३,८४० र कांग्रेसले २,५८१ मत पाए। दुई वडामा उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादीले १,५८८ मत पाएको छ।

क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाभन्दा सत्ता गठबन्धन झन्डै १०,००० मतले अघि देखिए पनि तालमेलका कारण वडाको मतपरिणामका आधारमा दलहरूको वास्तविक हैसियत भन्न नसकिने बताइन्छ।

स्वर्णिम वाग्लेदेखि उमेश श्रेष्ठसम्मको चर्चा

त्यो बलियो क्षेत्र प्रचण्डले नछाड्दा गठबन्धनले क्षेत्र नम्बर १ लाई अर्को सुरक्षित क्षेत्र मानेको छ।

तर त्यहाँको उम्मेदवारको रूपमा अर्थशास्त्री स्वर्णिम वाग्ले, राज्यमन्त्री उमेश श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, तीर्थ खनियाँसहितका व्यक्तिको चर्चा चलिरहेको नेता टेकप्रसाद गुरुङले बताए।

यसअघि बाँकेबाट चुनाव लड्दै आएका सुशील कोइरालालाई क्षेत्र नम्बर ३ बाट आफूहरूले नै जिताएर पठाएको र उनी पछि प्रधानमन्त्री पनि बनेको स्मरण गर्दै नेता गुरुङले भने, "अब त रामचन्द्र (पौडेल) दाइ पनि आउने रे भन्ने हल्ला छ। के हो के बुझ्नै सकिएको छैन।"

विसं २०४८ र २०६४ बाहेक सबै चुनावमा कांग्रेसले जितेको र चितवनमा कांग्रेसको राम्रो पकड रहेको उनले बताए। "तनाव छ, किनभने चितवनको गढ केन्द्रीय नेताहरूले समाप्तै पारिदिन लागे के," नेता गुरुङले भने।

सबै क्षेत्र गुम्न सक्ने चेतावनी

गत संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेले ५१,०८० मतका साथ जित्दा कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५,३६० भोट पाए।

खैरहनी, रत्ननगर र राप्ती नगरपालिका रहेको उक्त क्षेत्रमा मेयरका उम्मेदवारले पाएका मतका आधारमा सत्तापक्षले ४७,८६५, एमालेले ३८,४७४ र राप्रपाले ३,५७६ मत पाएका छन्। अर्थात् एमाले र राप्रपाभन्दा करिब ५,००० मतले गठबन्धन अघि छ।

क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोख्रेल ४४,६७० मतका साथ विजयी हुँदा कांग्रेसका शेषनाथ अधिकारीले २७,३१४ मत पाएका थिए। त्यो एमालेका निम्ति अझै पनि अनुकूल क्षेत्र मानिन्छ।

त्यस क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन्।

महानगरका वडाध्यक्ष अनि इच्छाकामनाका अध्यक्ष र कालिकाका प्रमुखका उम्मेदवारले प्राप्त गरेको मतअनुसार उक्त क्षेत्रमा एमालेले ३६,१५६ र सत्तापक्षले ३५,३०१ पाएका छन्। राप्रपाले २,०५८ मत पाएको छ।

उक्त मतपरिणामले गैरसत्तापक्ष बलियो देखिएकाले क्षेत्र नम्बर २ एमालेको निम्ति अनुकूल हुन सक्ने ठानिएको छ भने क्षेत्र नम्बर १ मा गठबन्धन अघि देखिन्छ।

तर चर्चाहरूतर्फ सङ्केत गर्दै नेता गुरुङले चेतावनीपूर्ण शैलीमा भने, "यदि नेताहरूले विवेक पुर्‍याउन सक्नुभएन भने नौवटै सीट (प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६) गुम्न सक्छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending