Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

ओलीबाट आजित भएकाको गृहकार्य- पूर्वराष्ट्रपति भण्डारी सक्रिय बनाएर नेकपा ब्युँत्याउने

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई राजनीतिमा सक्रिय बनाउन लागिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउन हुने नहुनेमा अहिले बहससमेत सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारीलाई अहिले सक्रिय राजनीतिमा ल्याउन सोही पार्टीका नेताहरू जोडबलका साथ लागेका छन् । एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेको आगामी महाधिवेशनबाट अध्यक्ष बनाउन खोजिएको छ ।

भण्डारीलाई एमालेको अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्दै पुनः नेकपा ब्युँत्याउन लागिको हो । एमालेसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका दललाई पुनः एकीकरण गर्नका लागि शीर्ष नेताहरू नै लागेका छन् । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट हेपिएका, पेलिएका र अवसरबाट वञ्चित नेताहरू एकीकृत हुँदै भण्डारीलाई अध्यक्ष बनाउने रणनीतिमा लागेका छन् ।

गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति भइसकेकी भण्डारीलाई पहिलो महिला प्रधानमन्त्री बनाउनुपर्ने जोड ती नेताको छ । भण्डारीलाई अध्यक्ष बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकठाउँमा ल्याउन सजिलो हुने बुझाइ उनीहरूको छ । 

भण्डारी अध्यक्ष भए पार्टी एकता गर्दै नेकपा ब्युँत्याउनका लागि प्रचण्ड, नेपालसहित झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूले ‘ग्रिन सिंग्नल’ दिइसकेको दाबी गरिएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका साथै नेताहरू गोकुल बाँस्कोटा, कर्ण थापा, शेरधन राई, विनोद ढकाल, डा. विमला राई पौड्याललगायतका नेताहरू अहिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन जोडबल गरिरहेका छन् ।

नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजेपछि ओली निकट मानिने केही नेताले रोक्न खोजेका छन् । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूले पटकपटक भण्डारीलाई भेटेर सक्रिय राजनीतिमा नफर्किन सुझाव दिँदै आएका छन् । पोखरेल, रिजालसहितका नेताहरूले ओलीलाई नै पुनः एमाले अध्यक्ष बनाउन खोजेका छन् । त्यसकारण भण्डारीलाई उनीहरूले सक्रिय राजनीतिमा आउन नहुने भन्दै त्यस्तै सुझाव दिइरहेका छन् ।

‘एक समय केपी ओली कमरेडको भक्त र हनुमानजस्तै देखिएका नेताहरू नै अहिले ओलीबाट असन्तुष्ट छन्, उनीहरूले अहिले ओलीको विकल्प खोज्दै छन्, त्यो विकल्पका रूपमा विद्या भण्डारी रहेको र भण्डारीलाई एमाले अध्यक्ष बनाएपछि विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई पुनः एकीकरण गर्दै नेकपा ब्युँत्याउन सकिन्छ भन्ने कुरा हो,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

यसमा लामो गृहकार्य भएर यस्तो निष्कर्षमा पुगिएको बताउँदै उनले त्यसका लागि प्रचण्ड, नेपाल, झलनाथदेखि वामदेव गौतमसम्मका नेताहरूसमेत सहमत देखिएका छन् । ओलीको कार्यशैलीले कम्युनिस्टहरू विभाजित भएको र झन्डै दुई तिहाइ बहुमतको सरकारसमेत जोगाउन नसकिएको बताउँदै उनले कम्युनिस्टहरूलाई एकीकृत गर्नमा ढिलाइ गर्न नहुने बताए ।

एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजिएको प्रसंग निकालेका थिए । पार्टीको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई दिनहुँ राजनीतिमा फर्किनुप¥यो भन्दै रटान नलगाउन नेताहरूलाई चेतावनी नै दिएका थिए ।

भण्डारी स्वयंले पनि विभिन्न बहानामा पार्टी राजनीतिमा फर्किन सक्रियता देखाइरहेकी छन् । गत १० वैशाखमा नेकपाको ७५औं स्थापना दिवसमा एमालेले प्रदान गरेको ‘गणतन्त्र गौरव’ सम्मान थापेकी भण्डारी त्यसयता एमालेका विभिन्न भ्रातृ संगठनले आयोजना गरेका कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै आएकी छन् । भण्डारी राष्ट्रपति हुँदासमेत नेकपा र एमाले विभाजन हुन नदिन शीतल निवासबाटै सक्रियता देखाएकी थिइन् । भण्डारी अहिले राजनीतिमा फर्किएर सके पुरानै नेकपा ब्युँत्याउने र नभए पनि एमालेलाई पुनर्गठन गर्ने उद्देश्य रहेको बताइएको छ ।

नेकपा एकता अभियानका संयोजक रहेका राष्ट्रिय सभाका सदस्य वामदेवले पटकपटक एमाले प्रवेश गर्ने चाहना व्यक्त गरे । तर, ओलीले उनलाई एमालेमा भिœयाउने चाहना नै देखाएनन् । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतम नेकपा विघटनसँगै एमाले र माओवादी केन्द्रमा नगई स्वतन्त्र बसेका थिए । अहिले उनी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । गौतमले अहिले पनि कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्न खोजेका छन् तर उनको कुरा कुनै नेताले सुन्दैनन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending