Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

हिजो देशको मालिक राजा थिए, माओवादीले गर्दा आज जनता भएका छन् : वर्षमान पुन

खबरडबली संवाददाता

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको बताए । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने र संघीयताको कार्यान्वयनले गाउँ गाउँमा सिंहदरवार पुग्ने अवस्था सृजना भएको उनको टिप्पणी थियो ।

रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, ‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रुपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रुपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।’

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे । ‘गणतन्त्र भनेको जताको शासन हो । जनता आफैंले जनताका प्रतिनिधि चुन्ने र मन परेन भने फेर्ने जनताको व्यवस्था नै गणतन्त्र हो र यो उत्कृष्ट व्यवस्था हो ।

देशमा भौगोलिक विविधता छ । त्यैले हामिले संघीयताको कुरा गरेका थियौं । माओवादीले गाउँ–गाउँमा सिंहदरवारको नारा लगाएको थियो । अहिले संविधान अनुसार स्थानीय तहमा सरकार आएको छ । संघीयतामा छौं । आफैंले आफैंलाई शासन गर्ने अवस्था सृजना भएको छ ।
तर जनताको अवस्था भने अझै सुधारिएको छैन । त्यसमा हामीले काम गर्नु पर्ने छ ।’

केही कमजोरीका बाबजुत समग्र विकासका हिसावले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्र भन्दा पनि गणतन्त्र उत्कृष्ट भएको उनले तर्क अघि सारे । सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि हुने उनको भनाई थियो ।

उपमहासचिव पुनले थपे, ‘एउटा सत्य के हो भने, पञ्चायत कालभरी जम्मा ७ हजार किलोमिटर बाटो खन्यो, बहुदलीय व्यवस्थामा जम्मा १८ हजार बाटो खनियो । तर अहिले गणतन्त्रको १५ वर्षमा एक लाख किलोमिटर भन्दा बढी बाटो खनियो । भनेपछि विकासका हिसावले पनि गणतन्त्र सही हो । तर जनताको चाहाना अझैं पूरा भएको छैन । यो व्यवस्थालाई अझैं सुधार गर्नुपर्ने छ ।’

लुङग्री गाउँपालिकाले गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बोल्दै उपमहासचिव पुनले खेलकुदले व्यक्तिको चौतर्फी विकास हुने बताएका छन् । उनले खेलकुदमा सकारात्मक प्रतिस्पर्धा हुने र यसले हरेक मानिसलाई राम्रो काम गर्ने हौसला दिने बताए ।

विगतमा हाम्रा पुर्खाले प्रकृतिसँग संघर्ष गर्दै अघि बढेको बताउँदै उनले आज मानिसहरु आकाश र समुन्द्र तथा कल्पना नै गर्न नसकिने खालका विकास र आवश्किार गर्न सफल भएको बताए । कुनै बेला घोराही, पोखरा वा काठमाडौं पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका उनले अहिले गाउँमै पढ्न सक्ने, घरै बसेर अनलाईनबाट चाहिएको कुरा हिन्न पाउने अवस्था सृजना भएको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending