Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध प्रहरी अनुसन्धान

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ।

यी पूर्व शीर्ष नेताका समर्थकहरू उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति "नियन्त्रणमा लिने" बताएपछि देशमा तनाव चुलिएको छ।

गत एप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बनेका छन्।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्।

शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे।

"तिमीहरू पनि तयार रहनु। हामी तिमीहरू विरुद्ध पनि कारबाही गर्छौँ," उनले भाषणको क्रममा उनीहरू दुवैलाई चेतावनी दिए।

प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने उनले देशको आतङ्कवाद विरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ।

प्रहरीले उनी विरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उनको निवासबाहिर भेला भए र यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी "नियन्त्रणमा लिने" बताए।

त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभइ शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि त्यहाँ खटिएको बताए। एप्रिलमा अविश्वासको मतमार्फत् खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानी सरकार र खानबीच चुलिएको तनावबीच यो अनुसन्धान अघि बढेको हो।

त्यस समयदेखि खानले ताजा चुनावको आह्वान अनि सरकार र सेना दुवैको कडा आलोचनासहित शृङ्खलाबद्ध भाषण दिँदै देश भ्रमण गरेका छन्।

शनिवार पाकिस्तानको सञ्चारमाध्यमका नियामक संस्थाले खानलाई राज्य संस्थाहरू विरुद्ध घृणा फैलाउने किसिमको भाषण गरेको आरोप लगाउँदै टीभी च्यानलहरूलाई उनको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाउने घोषणा गर्‍यो।

सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्व प्रधानमन्त्री खानको दाबी छ। आइतवार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक र्‍यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरे।

"इमरान खानले के अपराध गरेका छन्? म यी चोरहरूको सङ्गठनलाई कहिल्यै स्वीकार गर्दिनँ," उनले आफ्ना समर्थकहरूमाझ भने।

खानले सरकारले मानिसहरूलाई आफ्नो भाषण प्रत्यक्ष सुन्नबाट रोक्नको लागि युट्युबको पहुँचमा समेत रोक लगाएको आरोप लगाए। यस वर्षको सुरुमा अविश्वासको मतमार्फत सत्ताबाट हटाइए पनि इमरान खानले धेरै पाकिस्तानी मतदाताहरूको समर्थन पाइरहेका छन्।

गत महिना उनको पीटीआई दलले पन्जाबको एक मुख्य प्रदेशसभा नियन्त्रणमा लिएर प्रतिद्वन्द्वीहरूलाई चकित तुल्यायो। उक्त दलले सहजै जित्ने अनुमान गरिएको पीएमएल-एन पार्टीलाई पराजित गरेको थियो।

धेरैले जुलाईमा भएको उप निर्वाचनको जितलाई खानको लोकप्रियताको सङ्केतको रूपमा हेरेका थिए। र, उनले चाहेजस्तै प्रारम्भिक चुनाव भएको खण्डमा कस्तो नतिजा आउँछ भन्ने आकलन समेत गरिएको थियो।

खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका हुन्। तर आफ्नो कार्यकालको अन्त्यमा शक्तिशाली मानिने पाकिस्तानी सेनासँग उनको बेमेल भयो। दलका नेताहरूले शृङ्खलाबद्ध रूपमा पार्टी छोडेपछि उनले संसद्मा बहुमत गुमाएका हुन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending