Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

पुटिनका सहयोगीकी छोरीको हत्या युक्रेनले गरेको रुसको आरोप

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनको विशेष सुरक्षा दस्ताले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई गत साताको अन्त्यमा कार बम विस्फोट गराइ मारेको रुसले आरोप लगाएको छ।

शनिवार रुसको राजधानी मस्कोनजिकै रहेको सवारी साधनमा विस्फोट हुँदा २९ वर्षीया डार्‍या डुगिनाको मृत्यु भएको हो।

उनका चर्चित उग्रराष्ट्रवादी पिता एलेक्सेन्डर डुगिन राष्ट्रपति पुटिनको निकटवर्ती भएको बताइन्छ। उक्त आक्रमण डुगिन लक्षित भएको ठानिएको छ।

यद्यपि, युक्रेनी अधिकारीहरूले भने विस्फोटमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको जनाएका छन्।

तर रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीले सोमवार यस मुद्दाबारे आवश्यक जानकारी सङ्कलन गरेको र त्यसमा युक्रेन प्रत्यक्ष जिम्मेवार रहेको बताएको छ।

एफएसबीले रुसी सञ्चारमाध्यमलाई बताए अनुसार जुलाई महिनामा आफ्नी छोरीसँगै रुस पुगेकी एकजना महिला युक्रेनी विशेष सेवाकी मानिस थिइन्।

तिनै महिलाले डुगिना रहने भवनमा एक महिनाको लागि एउटा अपार्टमेन्ट भाडामा लिएकी थिइन् र त्यहीँ रहेर आक्रमणको तयारी गरिएको जनाइएको छ।

उनले डुगिनालाई मस्को हुँदै एउटा सानो खालको कारमार्फत पछ्याएको र त्यसका लागि उनले तीन वटा फरक लाइसेन्स प्लेटहरू प्रयोग गरेको आरोप छ।

विस्फोटपछि सन्दिग्ध व्यक्ति इस्टोनिया भागेको एफएसबीको दाबी छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले घटनाबारे एफएसबीको दाबी "काल्पनिक दुनियाँ"को "रुसी प्रचार" भएको बताए।

एफएसबीले पछि सन्दिग्धको भनिएको कार रुस प्रवेश गरेको भिडिओ सार्वजनिक गर्‍यो। त्यस्तै डुगिनाको भनिएको भवनमा प्रवेश गरेको र रुस छोडेको भनिएको सुरक्षा फुटेजहरू समेत जारी गरिएको थियो।

डुगिना र उनका पिता शनिवार मस्को नजिकै एउटा कार्यक्रममा सहभागी थिए जहाँ दार्शनिक समेत रहेका डुगिनले एक मन्तव्य दिएका थिए।

विवरणहरूका अनुसार उनीहरू एउटै कारमा चढेर फर्किने तय भएको थियो। तर, अन्तिम घडीमा योजना परिवर्तन भयो र दुवै जना भिन्नाभिन्नै सवारी साधनमा चढेका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार डुगिनाले हाँकिरहेको टोयोटा ल्यान्ड क्रुजरको मुनि विस्फोटक पदार्थ राखिएको थियो।

सामाजिक सञ्जालहरूमा सार्वजनिक फुटेजमा एलेक्सेन्डर डुगिनले आपत्कालीन सेवाका कर्मचारीहरू आउँदा स्तब्ध भएर जलिरहेको कार हेरिरहेको देख्न सकिन्छ।

उनीहरूको पारिवारिक मित्र कोन्स्टान्टिन मालोफिभले डुगिनको तर्फबाट जारी गरेको एक विज्ञप्तिमा आफ्नी छोरीको हत्या "युक्रेनी नाजी शासनद्वारा गरिएको आतङ्कवादी कार्य" भएको जनाइएको छ।

उनले निराधार तर रुसी नेतृत्वद्वारा बारम्बार दाबी गरिने- युक्रेन भित्र शक्तिशाली नाजी उपस्थितिबारे प्रसङ्ग दोहोराएका छन् जसलाई युक्रेनमाथि आक्रमणको मुख्य कारणहरू मध्ये एक भनिएको छ।

"मेरै अगाडि मेरी छोरीको निर्ममतापूर्वक हत्या गरियो," टेलिग्राममा जारी विज्ञप्तिमा भनिएको छ। "उनी एक सुन्दर धार्मिक महिला थिइन्। उनी देशभक्त युद्ध रिपोर्टर, राज्य सञ्चालित टीभीको लागि विज्ञ र एक दार्शनिक थिइन्।"

"हामी केवल जित चाहन्छौँ। मेरी छोरीले आफ्नो जीवन विजयको निम्ति बलिदान दिइन्। त्यसैले अब जित्नै पर्छ!"

राष्ट्रपति पुटिनले सोमबार क्रेमलिनबाट विज्ञप्ति जारी गर्दै डुगिनालाई व्यक्तिगत रूपमा श्रद्धाञ्जली दिए र उनको मृत्युलाई "एक नैतिकताहीन, क्रूर अपराध"को सङ्ज्ञा दिए।

डुगिना आफ्नो पिताको अन्तर्राष्ट्रिय यूरेशियन आन्दोलन सङ्गठनका लागि एक राजनीतिक टिप्पणीकार थिइन् र क्रेमलिन समर्थक सञ्चारमाध्यमहरूमा नियमित रूपमा लेख्थिन्।

डुगिना युक्रेनविरुद्ध रुसी आक्रमणको मुखर समर्थक थिइन्। युक्रेनमाथिको रुसी प्रतिबन्धबारे मिथ्या सूचना फैलाएकोमा यूकेका अधिकारीहरूले उनलाई प्रतिबन्धको सूचीमा राखेका थिए।

उनका पितालाई "राष्ट्रपति पुटिनको दिमाग" पनि भन्ने गरिन्छ। उनी कुनै सरकारी पदमा छैनन्। यद्यपि राष्ट्रपति पुटिनलाई उनले निकै प्रभावित पार्ने गरेको बताइन्छ।

रुसको युरोपेली विरोधी आन्दोलनको संस्थापकको रूपमा देखिएका उनले सन् २०१४ मा युक्रेनसँग युद्ध "अपरिहार्य" भएको बताएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE