काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्कट एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ५४ दशमलब ९८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल दुई सय २२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर रु एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ४४ अर्ब ६२ करोड ४३ लाख ७० हजार बराबर रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ चार दशमलब ९८, व्यापार १० दशमलव ९४, जलविद्युत् शून्य दशमलव छ, उत्पादन २९ दशमलव ३७, अन्य शून्य दशमलव ५८, जीवन बीमा आठ दशमलव ५८ र लगानीको उपसमूहको वृद्धि नगन्य रहेको छ ।
यस्तै, होटल तथा पर्यटन ३७ दशमलव ४७, विकास बैंक १४ दशमलव ७६, वित्त छ दशमलव शून्य सात, निर्जीवन बीमा पाँच दशमलव शून्य दुई, लघुवित्त ११ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड २१ लाख ८९ हजार सात सय ३७ बराबरको कारोबार भयो । यस्तै, रिडी हाइड्रोपावर रु सात करोड ६५ लाख ९७ हजाार सात सय ४०, अपि पावर कम्पनी रु पाँच करोड ४५ लाख १० हजार पाँच सय दुई, शिवम् सिमेन्ट रु चार करोड ३७ लाख ५४ हजार तीन सय ८४, र एनआइसी एशिया लघुवित्त रु चार करोड २७ लाख १५ हजार आठ सय २४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार कारोबार भएकामध्ये तीन वटा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा रुरु जलविद्युत् परियोजना, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी रहेका छन् । यस्तै, सानिमा लार्ज क्याप फण्ड तीन दशमलव २९ र हिमालयन बैंकका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सिद्धार्थ इक्विटी फण्ड छ दशमलव ८८, एभरेष्ट बैंक पाँच दशमलव ८४, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ६७, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव शून्य एक र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले चार दशमलव शून्य नौ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: