Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौँ: शिक्षामन्त्री पौडेल

खबरडबली संवाददाता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथि उठेर सबै राजनीतिक दल देशको विकासमा लाग्नुपर्ने बताएका छन्। आस्था र विचारका पछि लागेर मात्रै व्यावहारिक विकास नभएको र जनताले सुविधा नपाएको उनको भनाइ थियो ।
 
उनले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापनलगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने बताए। समुदायको तत्परता बिना विकास निर्माण सम्भव नरहेको भन्दै मन्त्री पौडेलले त्यस्ता काममा राजनीतिक आस्था र विचारको पछि लाग्न नहुने टिप्पणी गरे।
 
मन्त्री पौडेलले गृह नगर बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थानमा प्रथम हरेलो मेलाको उद्घाटन कार्यक्रममा कला, संकृतिको संरक्षण र पर्यटनको विकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। 
 
उनले बलेवा क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्नु बताए। “बागलुङका मान्छेहरु मेहनती छन्, जहाँ पुगेका छन् त्यहाँ आफ्नै पौरखले प्रगति गरेको हामीले देखेका छौँ”, पौडेलले भने, “अब आफ्नै गाउँमा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकासका लागि पनि एक मन एकताका साथ लागौँ ।”
 
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले धार्मिक पर्यटन र उत्पादनलाई सँगै लैजाने गरी नगरले काम गर्ने बताए । पूर्वाधार विकासका कामसँगै आर्थिक र सामाजिक विकासको क्षेत्रलाई पनि नगरपालिकाले साथै लैजाने उनको धारणा थियो । 
 
मेलामा भजन प्रस्तुति, पञ्चेबाजा प्रस्तुति, तीज गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिएको थियो । सोमबार र मङ्गलबार दुई दिन सञ्चालन भएको मेला सकिएको छ । स्थानीय झाँकी तथा स्थानीय उत्पादनको प्रदर्शनी मेलामा गरिएको थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाको बिर्तामोडमा ग्याङ फाइट: युवा सङ्घका केन्द्रीय सदस्य सहित तीन जना घाइते

बिर्तामोड।  झापाको बिर्तामोडमा  ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते बनेका छन् । सोमवार राती १ बजे...

प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन्। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। यसअघि कर...

रुस-युक्रेनको द्वन्द्वमा परी रोल्पाका पूर्व वडाध्यक्षको निधन

रोल्पा । रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्व...

लमजुङको बेँसीसरहका अधिकांश औषधि पसल मापदण्ड विना सञ्चालन

लमजुङ। सदरमुकाम बेसीसरहमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू...

प्रचण्डले भोलि संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रचण्डल...

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गरेको छन । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई...

शिक्षा क्षेत्रमा लगानी गर्नुस् कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेको छन । निजी तथा आवासी...

फिल्म ‘हेल्लो काशिराम’ जेठ २ गतेलाई प्रदर्शन हुने

काठमाडौं । गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको ...

राप्रपा नेपालले भन्यो: २५ गतेको प्रदर्शन ऐतिहासिक, चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना हुने संकेत

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ । बैठकले  देशलाई सं...

प्रतिगामीहरू सल्बलाउने परिस्थिति आउनुको कारण वर्तमान सरकाको गलत कामः अग्नि सापकोटा

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटालेप्रतिगामीहरू सल्बलाउने परिस्थिति आउनुमा वर्तमान सरकाको गलत काम भएको बताएका छन्। मंगलबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy