Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

मलेशियाका पूर्वप्रधानमन्त्री १२ वर्षका लागि जेल चलान

खबरडबली संवाददाता

काठमाडौं । उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरिदिएपछि मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान भएका छन्।

सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी एक अदालतबाट दोषी ठहर भएका थिए।

सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय नजिब अपीलपछि जमानतमा रिहा भएका थिए।

आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अदालतले अस्वीकार गरिदिएको छ। आफूले गल्ती गरेको कुरा उनले निरन्तर अस्वीकार गर्दै आएका छन्।

दोषी

सन् २०२० मा एक अदालतले पूर्वप्रधानमन्त्री नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो।

मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्याश्नलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो।

एसआरसी वानएमडीबीको पूर्वएकाइ थियो। अदालतले उनलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो।

नजिबका वकिलहरूले उनका निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको भनी विश्वास दिलाइएको दाबी गरेका थिए।

विवाद

नजिबको उन्मुक्तिका लागि अन्तिम प्रयासस्वरूप मङ्गलवार उनका वकिलहरूले उनको मुद्दा हेर्ने इजलासबाट प्रधानन्यायाधीशलाई हटाउन माग गरेका थिए।

प्रधानन्यायाधीशका श्रीमान्‌ले सन् २०१८ मा फेसबुकमा नजिबबारे आलोचनात्मक टिप्पणी गरेकाले आदेशप्रति प्रधानन्यायाधीश पूर्वाग्रही हुन सक्ने उनीहरूले तर्क गरेका थिए।

तर प्रधानन्यायाधीशले नाजिबमाथि यस्तो आरोप लाग्नु अघि नै आफ्ना श्रीमान्‌ले फेसबुकमा टिप्पणी गरेको भन्दै मुद्दाको सुनुवाइमा संलग्न नहुन गरिएको आग्रह अस्वीकार गरेकी थिइन्।

आफ्नो फैसलामा प्रधान न्यायाधीशले पाँच सदस्यीय न्यायाधीशहरूको समूहबाट सर्वसम्मतिले नजिबमाथि लागेका आरोपहरू जाजय देखिएको र उनका तर्फबाट गरिएको पुनरावेदनमा "कुनै नयाँ दाबी नभएको" ठहर गरेकी छिन्।

"प्रतिरक्षा आफैँमा असङ्गत र अविश्वसनीय छ जसले यो मुद्दामा शङ्का गर्नुपर्ने कुनै पनि कारण दिन सकेको छैन," उनले भनेकी छिन्।

वानएमडीबी सम्बन्धी पाँच वटा सुनुवाइ मध्ये मङ्गलवारको सुनुवाइ पहिलो हो।नजिबकी श्रीमती रोश्मा मन्सुरले पनि सम्पत्ति शुद्धीकरण र एक सौर्य ऊर्जा परियोजनामा कर छलीको फरक मुद्दाहरू खेपिरहेकी छिन्।

तर यसमा आफू दोषी नभएको उनको जिकिर छ। उच्च अदालतले आगामी साता अर्थात् सेप्टेम्बर १ मा उनीमाथि चलिरहेको मुद्दामा फैसला सुनाउने तय गरेको छ।

को हुन् नजिब ?

नजिब मलेशियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुन्। उनी कुनै बेला निकै प्रख्यात थिए। उनले आफ्नो देशको आर्थिक विकासलाई अगाडि बढाउन सन् २००९ मा उक्त सार्वभौम कोष स्थापना गरे।

तर नौ वर्षपछि त्यसैले उनी र उनको परिवारलाई अधोगतिमा पुर्‍याइदियो। क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर उनले वनएमडीबी स्थापना गरेका थिए।

तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर नजिबका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो।

तर नजिबले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गरे। नजिब रजाकेल माध्यमिक तहको शिक्षा यूकेमा पूरा गरेका थिए।

त्यसपछि उनले नटिङ्अम विश्वविद्यालयमा औद्योगिक अर्थशास्त्र पढे। उनको त्यो पृष्ठभूमि र "मर्यादित इस्लाम"बारे उनका भनाइका कारण डेभिड क्यामरुन र बराक ओबामाजस्ता नेतासँग उनी स्वाभाविक रूपमा कुरा मिल्ने समकालीन व्यक्तित्व बने।

रजाकले सधैँ भ्रष्टाचारको आरोपको खण्डन गर्ने गरेका छन्। सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले उनलाई सफाइ पनि दिएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy